माओवादीले युवाहरुलाई रोजगारी दिने भन्दा युद्धमा लगाउदा मुलुकको १० बर्ष खेर गयाे : महामन्त्री थापा

२०८१ मंसिर १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१३ मंसिर।  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माओवादीले हतियार उठाउदा मुलुकको महत्वपूर्ण १० बर्ष खेर गएको बताउनुभएको छ ।

बिहीबार कीर्तिपुरमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै थापाले युवाहरुलाई रोजगारी दिने भन्दा पनि युद्धमा लगाउदा मुलुकको महत्वपूर्ण १० बर्ष खेर गएको बताउनुभएको हो । उहाले अहिले पनि प्रचण्डले हप्तामा एकपल्ट कांग्रेसलाई सरकारको नेतृत्व गरिदिनुस् भनेर प्रस्ताव पठाउने गरेको बताउनुभयो । उहाले कांग्रेस प्रधानमन्त्रीको आकांक्षाभन्दा स्थिर सरकारका पक्षमा रहेको बताउनुभयो ।

उहाले खाडी मुलुकमा भन्दा बढी तलव दिने अवस्था सिर्जना गर्नसकेमात्रै युवाहरुलाई स्वदेशमा परिचालन गर्न सकिने बताउनुभयो । ठूलो दलको हैसियतले मुलुकका जनताको जीवन परिवर्तनको आभाष हुने गरि कांग्रेसले काम गर्ने उहाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय