संगम भण्डारी
स्याङ्जा १५ मंसिर । स्याङजाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले खेलकुदले लुकेर रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउने भएका कारण खेल पहिचान भएको बताउनुभयो ।
स्याङजाको कालिगण्डकी गाउपालिकाले आयोजना गरेको ”छैटौ अध्यक्ष कप तथा खेलकुद महोत्सव” मा बोल्दै नेपालले सो कुरा बताउनुभयो ।
पछिल्लो समय देशका खेलाडीले खेलको माध्यम बाट धेरै राम्रो काम गरिरहेका छन । जस्ले गदा देशमा एनपिएल खेलमा बिदेशी खेलाडी समेत आउने हुदा थप हुने उहाको भनाई थियो ।
समग्र स्याङ्जाको विकासमा निम्ती राजनितिक स्थिरता देशमा आउन सके खेलकुदको बिकास हुने छ ।
कालीगण्डकी गाउँपालिकाले विगत सात वर्षदेखि अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव गर्दै आएको छ । महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिण्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा ७ खेलका २२ विधामा प्रतिस्पर्धा हुनेछ । भने झण्डै सात सय खेलाडी सहभागी हुने गाउपालीकाले जनाएको छ ।