स्याङ्जामा दुई पालिका जोड्ने मोटरेवल पुलको उदघाटन

२०८१ मंसिर १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, १६ मंसिर । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका को वडा नम्बर १३ मैनिखामा र अर्जुनचौपारी गाउँपालिका वडा नंवर १ ठाडाखेत जोड्ने मोटरेवल पक्की पुलको उदघाटन  भएको छ। उदघाटन कार्यक्रम संघीय सांसद तथा नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति राजु थापाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै उहाले केही समय अघि एउटा पनि पुल नभएको दरौ खोलामा अहिले चार वटा पुल बन्न सक्नु निर्माण प्रक्रियामा विकास हुँदै गएको र स्थानिय स्तरमा सहजता हुँदै गएको बताउनुभयो। आउँदो दिनमा पनि आवश्यकता हेरिकन माग गर्दै अघि बढ्ने र विकास निर्माण मा पहल गर्न आफू प्रतिबद्ध रहेको जानकारी उहाले गराउनुभयो। त्यसै गरी उहाले बोल्दै तिनै तहबाट युवा रोजगार लाई पहल गर्दै विकास निर्माणमा स्थानिय तर बाट नै अघि बढ्नुपर्छ भन्दै युवालाई उत्पादनमा जोड दिने गरी अघि बढ्दा विकास मा अघि बढ्न सकिने जानकारी गराउनुभयो। त्यसै गरी उहाले दरौं खोला को तटबंधन र कृषी भूमिको संरक्षणको लागि आवश्यक रहेको जानकारी गराउँदै आँधीखोला करिडोरको लागि पुलको आवश्यक रहेको र त्यहा पुल हुँदा कालिका स्कूललाई पनि सहज हुने बताउनुभयो।

उहाले उदघाटन भएको पुल जिल्ला विकासबाट सुरु भएर संघको बजेटबाट कार्य भएर अन्तिम किस्ता प्रदेश बाट पूरा गरेको जनाउँदै आफू ७० सालमा निर्वाचित भए पछि पुलको लागि संघमा पहल गरेको जानकारी गराउनुभयो। उहाले कार्यक्रममा बोल्दै पञ्चायत को ३० वर्ष र बहुदल को ३० वर्ष को तुलना गर्दा विकासले धेरै फडको मारेको छ। तर हुनुपर्ने जति विकास हुन सकेको छैन । यसमा देशको परिस्थिति र राजनैतिक गतिविधिले धेरै अवरोध पनि गरेको छ भन्ने बताउँदै केही नभएको होइन केही भएको छ तर हुनुपर्ने जति हुन सकेको छैन भन्दै युवा रोजगार मा पहल गर्नु पर्ने विषय लाई जोड दिनुभयो।पूर्वाधार मा मात्र केन्द्रित नभई निरन्तर विकास मा उत्पादन मा जोड दिनु पर्ने आवश्यकता रहेको बताउँदै आर्थिक पाटो मजबुद बनाउनुपर्ने विषय मा जोड दिन पहल गर्नुपर्छ भन्दै स्थानिय स्तरबाट नै उत्पादनमा जोडिन पहल गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसी रेग्मी, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारी,पुतली बजार तथा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भिरकोट ७ का वडा अध्यक्ष तारा अर्याल, अर्जुन चौपारी गाउ पालिका वडा नम्बर १ का वडा अध्यक्ष रन बहादुर थापा लगायत स्थानिय बुद्धिजीवी सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

उदघाटन गरिएको पुलको लम्बाई ७९.५ मीटर लम्बाई रहेको छ भने बाजा गाजा सहित भव्य रुपमा पुलको उदघाटन गरिएको थियो। २०७४ साल मै बनाउन सुरु भएको उक्त पुल २०७५ साल मै सम्पन्न भएको र पुलको समुदघाटन भने हाल शनिबार मात्र भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय