स्याङ्जामा छैठौं राष्ट्रपति रनिंङ्ग शिल्ड प्रतियोगिताको उदघाटन

२०८१ मंसिर १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, १९ मंसिर । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ  विरुवा गाउँपालिका वडा नम्बर ८ मेथा भुरुङ्गको पुष्प मदन रङ्गशालामा   छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उदघाटन बुधबार  भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रतिनिधि सभा सदस्य राजु थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै उहाले खेलकुद स्वास्थ्यको लागि आवश्यक रहेको बताउँदै राष्ट्रको लागि पनि राम्रो र अनुशासित खेलाडीको महत्व हुने बताउनुभयो। खेलकुदको माध्यम बाट अनुशासनमा रहन सहयोग पुग्ने बताउनु भयो। उहाले खेलकुदको माध्यमबाट संगठीत गर्नको लागि पनि सहज हुने बताउँदै राजनैतिक दलले आवश्यकता हेरेर सहयोग गर्न सहज हुने बताउनुभयो। अनुशासित तवरबाट खेल खेल्न सक्यो भने व्यक्तिको नाम मात्र नभएर राष्ट्र कै नाम राख्न सकिने बताउँदै अनुशासित रहेर खेल खेल्न सुझाब दिनुभयो।

कार्यक्रममा पूर्व प्रदेश मन्त्री दीपक चर्ती मगर, पूर्ब माननीय मोहन रेग्मी, नेपाली कांग्रेस महासमिति सदस्य डोल बहादुर खडका,विरुवा गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवर, विरुवा गाउँपालिका उपाध्यक्ष भगवती शर्मा, नेपाली कांग्रेस प्रदेश सभापति ध्रुव खाण,विभिन्न वडाका वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि तथा शुभचिन्तकहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक, शिक्षिका विद्यार्थीहरू,स्थानिय बुद्धिजीवी सर्वसाधारण लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम मा नाच गान गरेर मनोरञ्जन प्रदान गरिएको थियो। कार्यक्रम मा वक्ताहरुले शुभकामना र खेलकुद सङ्ग जोडिएर आ आफ्ना धारणा व्यक्त गर्नु भएको थियो।

कार्यक्रम स्थानिय खेलकुद विकास समितिको आयोजनामा भुरुन् चौकी मा वि को संयोजनमा सुरुवात भएको हो भने कार्यक्रम १९ गते देखि २१ गते सम्म चल्ने छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार