काठमाडौं,२० मंसिर । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १६७ रन बनाएको हो ।
स्कटल्यान्डका २५ वर्षीय दायाँ हाते ब्याटरले ३६ बलमा सर्वाधिक ५३ रन बनाए । यसअघि उनले उनले ३२ बलमा ३ चौका र ४ छक्कासहित अर्धसतक बनाएका हुन् । ओपनर विनोद भण्डारी सहाब आलमसँग एलबिडब्लु धरापमा पर्नुअघि २८ बलमा ३५ रन बनाए । दोस्रो विकेटको लागि विनोद र म्याकमुलनले ८७ रनको साझेदारी गरेपछि सुदूरपश्चिम बलियो स्कोरतर्फ बढेको थियो ।
चौथो नम्बर क्रिजमा आएका कप्तान दीपेन्द्रसिंह ऐरी २५ बलमा ४३ रनको योगदान गरे । तीन चौका र चार छक्का प्रहार गरेका दीपेन्द्रलाई करण केसीले माइकल लेभिटबाट क्याच आउट गराए ।
ओपनर सैफ जाइवले ११ रनको योगदान गरे । पहिलो खेल खेलेका युएईका रोहन मुस्तफा पनि चार रन बनाएर आउट भएका थिए । मध्यक्रमका आरिफ शेख ३ रन बनाएर रनआउट भएका हुन् ।