६ सय घट्यो सुन

२०८१ मंसिर २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २१ मंसिर । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको भाउ बढेको छ । अघिल्लो दिन तोलाको १८८० रुपैयाँ रहेको चाँदी आज १८९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय