तपाईंको उत्तराधिकारी गगन हो भनी सोध्दा देउवाले भने– उत्तराधिकारी घोषणा गरेर कहाँ हुन्छ ?

२०८१ मंसिर २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर, २१ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने बताएका छन् । कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका बेला देउवाले पत्रकारहरुलाई उक्त जवाफ दिएका हुन् ।

तपाईंको उत्तराधिकारी गगन थापा हो ? भनी पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ ?’

संविधान संशोधनको प्रसंगमा देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने बताए । ‘उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो,’ देउवाले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको बेला बीआरआईमा ऋण लिने सहमति नभएको उल्लेख गर्र्दै देउवाले ओलीलाई धन्यवाद दिए ।

नेता शेखर कोइराला पक्षले गरेको भेलाका बारेमा सोधिएको प्रश्नमा देउवाले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार