फेर्च नम्खान महिला समुहद्धारा सि लेवल तथा भेट्रान्स मेन्स डवल ब्याडमिन्टन खेल प्रतियोगिता

२०८१ मंसिर २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गोपाल अधिकारी
गल्याङ ,२३ मंसिर । फेर्च नम्खान महिला समुह गल्याङ नगरपालिका ११ भाटी द्धारा सि लेवल तथा भेट्रान्स मेन्स डवल ब्याडमिन्टन खेल प्रतियोगीता सम्पन्न भएको छ । मंसिर २१ र २२ गते सञ्चालन भएको कार्यक्रममा गल्याङ नगरपालिका,कालिगण्डकी गाउपालिका र वालीङ नगरपालिका भित्रका ५२ टिमको सहभागीता रहेको थियो ।

सहभागी मध्यवाट सि लेवलको खेलमा भाटी ब्याडमिन्टन क्वल प्रथम भएको छ । त्यसैगरी द्धितिय वालिङ नगरपालिकाको स्वाभिमान क्लव भएको थियो । प्रथम र द्धितिय हुने खेलाडिहरुलाई पुरस्कार बितरण गर्दै  पुर्व साम्सद ,नेपाल मगर संघका पूर्व अध्यक्ष महेन्द्र थापाले खेलाडिको हौसला बढाउनका लागी स्थानीय क्षेत्रमा रहेका खेलाडीलाई सधै सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाले भन्नुभयो खेलको माध्यमवाट नै अहिले नेपाल बिश्वमा चिनिदै गरेको अबस्थामा स्थानीय क्षेत्र मात्र नभई हरेक क्षेत्रमा खेलकुदको आयोजना गर्नुपर्ने भन्दै फेर्च नम्खान महिला समुहको प्रसम्सा गर्नुभयो ।

त्यसैगरी भेट्रान्स मेन्स डवल ब्याडमिन्टन खेलमा गल्याङ र वालिङका खेलाडीहरुले प्रथम र द्धितिय स्थान प्रप्त गरेका थिए । सो खेलाडीहरुलाई गल्याङ नगरपालिका ११ का वडा अध्यक्ष दल बहादुर सिन्जालीले पुरस्कार बितरण गदै फेर्च नम्खान महिला समुहलाई वडाको तर्फवाट आर्थीक सहयोग गर्नुभएको थियो ।

उहाले स्थानीय क्षेत्रमा गाउ गाउमा र टोल टोलमा खेलाडीको उत्पादन गर्नुपर्ने भन्दै वडाको तर्फवाट हदैसम्म सहयोग हुने बताउनुभयो । भौगोलीक हिसावले पनि राजमार्गवाट टाढा रहेको मगर बस्ती भाटीमा महिला समुहको यो प्रयास प्रसम्सनीय भएको भन्दै गल्याङ सहकारी सन्जालले खेलाडीको मनोवल बढाउन निकै सहयोग गरेको थियो ।

सानो प्रयासका बापजुत पनि यति धेरै टिमको सहभागीता गराई खेल आयोजना गरेको भन्दै फेर्च नम्खान महिला समुको स्थानीय क्षेत्रवाट समेत प्रसम्सा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय