पूजा खड्का
स्याङ्जा, २५ मंसिर । “हामी सबैको प्रतिबद्धता ,लैङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता ” भन्ने मुल नाराका साथ गल्याङ्ग नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रभात फेरी तथा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ। कार्यक्रम सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र गल्याङ्ग नगरपालिकाको समन्वयमा प्रभात फेरि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गल्याङ्ग प्रमुख गुरु प्रसाद भट्टराईले महिला हिंसा अन्त्य गर्न कार्यक्रम मात्र गरेर नहुने बताउनुभयो। त्यसैगरी उहाले महिलाहरुलाई क्षमताको विकासमा जोड दिने तवरबाट प्रस्तुत भई आय आर्जन लगायत आर्थिक उपार्जनमा जोड दिन सकियो भने समाजमा लैङ्गिक हिंसामा न्यूनीकरण हुने जानकारी गराउनुभयो।
त्यसै गरी नगर उपप्रमुख हेमा न्यौपानेले लैगिक हिंसा अन्त्य गर्न महिलाहरु एक जुट भएर लाग्नुपर्ने बताउनुभयो। यसको लागि सबै मिलेर अघि बढ्नुपर्छ समस्यामा सबको साथ रहनुपर्छ भन्ने बताउनुभयो।
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मणि प्रसाद बस्याल, वडा नंवर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, कार्यपालिका सदस्य ,वडाका वडा सदस्यहरू,गल्याङ्ग नगर भित्रका विद्यालय अन्तर्गतका शिक्षक, शिक्षिका, विद्यार्थीहरू, स्वयं सेवकहरु, आमा समुहहरु स्थानीय बुद्धिजीवी सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा आमा समूहको सक्रियतामा लैगिक हिंसा न्यूनीकरण स्वरुप घरमा सासु बुहारी सम्बन्ध राम्रो हुनुपर्छ भन्ने विषयमा नाटक प्रस्तुत गर्नुभएको थियो।
त्यसै गरी सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख तथा जीवन पौडेल ले लैगिक हिंसा अन्त्यका लागि कार्यक्रम गरेर मनाउनु भन्दा पनि घर मा हिंसा बन्द गरेर अघि बढ्नुपर्छ । हिंसा अन्त्यको लागि व्यवहारमा कार्यान्वयन गर्नुपर्छ त्यसका लागि सचेतना स्वरुप कार्यक्रम अघि बढाइएको जानकारी गराउनुभयो। यदि घरपरिवार मा लैङ्गिक सम्बन्धी हिंसा भएर बस्ने समस्या भएमा त्यसको लागि जिल्ला अस्पताल मा वो सी एम सी मार्फत आश्रय स्थल बनाएको छ। त्यहा आएर बस्न सकिने जानकारी गराउनुभयो । त्यसै गरी उहाँ ले लैगिक हिंसा न्यूनीकरण का लागि तयार पारिएको कार्य पत्र प्रस्तुत गर्नुभएको थियो। जिल्ला भरि लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम मा प्रस्तुत गरिएका लेख रचना र कविता लाई प्रकाशन गर्ने निर्णय गरिएको हुँदा लेख रचना भए पठाउन अनुरोध गर्नु भयो। त्यसै गरी हिंसा सम्बन्धी कार्यक्रम मा प्रस्तुत गरिएका लेख रचना र कविता लाई अडियो विधिबाट रेकर्ड गरेर कार्यक्रम मा प्रस्तुत पनि गरिएको थियो।