मंगलादेवी सिंहको सयौ जन्मजयन्ती मनाइँदै

२०८१ मंसिर २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा,२५ मंसिर । स्याङ्जा जिल्ला नेपाल महिला संघले नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगला देवी सिंहको सम्झनामा सयौ जन्मजयन्तीको अवसर पारेर मंगलबार श्रद्धान्जली सभा सम्पन्न गरेको छ। कार्यक्रम नेपाल महिला संघकी जिल्ला कार्यबाहक सभापति तथा पुतली बजार नगरपालिका उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न गरेको हो।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव दामोदर लम्सालले मंगलादेवी सिंहको बारेमा जानकारी गराउनुभएको थियो। नेपाल महिला संघकी संस्थापक रहेर मंगलादेवी सिंह ले देश र जनताको लागि ठूलो योगदान गर्दै जेल नेलको जीवन बिताउनुभएको जानकारी गराउनुभएको थियो। त्यसै गरी उहाँले देशमा जहानिया राणा शासन कालमा प्रजा परिषद काण्डमा आफ्नो श्रीमान गणेशमान सिंह जन्मकैद परेपछि राणा विरोधी आन्दोलनमा सक्रिय रहेर अघि बढ्नु भएको जानकारी गराउनुभयो। राणा विरोधी आन्दोलन मा सक्रिय भूमिका निभाउदै देशमा प्रजातन्त्र को लागि आफू सक्रिय हुँदै महिला हरुलाई पनि सक्रिय रहन भूमिका निभाउनु भएको जानकारी गराउनुभयो। त्यसै गरी २०१७ साल मा त्यस्तै सक्रिय रहेर २०४२ सालमा सत्याग्रह र २०४६ सालको पञ्चायत काल मा पनि उत्तिकै सक्रिय रहेर महिला हरुलाई साथ लिएर सक्रिय बनाई अघि बढ्नुभएको हुँदा उहाले गरेको योगदान को बारेमा चर्चा गर्नुभएको थियो।

कार्यक्रममा पृथ्बी पोखरेल सहसचिव ध्रुव बन्धु पौडेल,प्रवक्ता भारत लम्साल, महासमिति सदस्य तारा मल्ल,महाधिवेशन प्रतिनिधि वन्दना लम्साल, धन कुमारी थापा,तरुण दल उपाध्यक्ष रविन केसि, पूर्व महिला संघ अध्यक्ष मखमली श्रेष्ठ, पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारि सुनिता पौडेल गौतम लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको समापन गर्दै नेपाल महिला सङ्घ स्याङ्जाका कार्यबाहक अध्यक्ष तथा पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवीले नारी सशक्तिकरण , नारी एकताको लागि र देशको लागि महत्वपूर्ण भूमिका खेलेको विषयमा चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय