एनपीएल हेर्न नेपाल आइपुगे वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा

२०८१ मंसिर २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २८ मंसिर । वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा नेपाल आइपुगेका छन् । आज बिहान आइपुगेका लारालाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलो पटक नेपाल आएका हुन् ।

उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरू हेर्नेछन् भने क्रिकेट खेलाडीहरूसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।

एनपीएलको पहिलो संस्करणलाई विशेष बनाउन क्यानले लारालाई निमन्त्रण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय