विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

२०८१ मंसिर २८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २८ मंसिर ।  बसिर अहमेदको अर्धशतकप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल खडा गर्‍यो ।

विराटनगरका बसिर अहमेदले सर्वाधिक ६८ रन बनाए । उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे । ३३–४ को स्थितिबाट बसिरले ओपनर मार्टिन गप्टिलसँग ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए ।

अर्धशतक बनाउन पाँच रनले चुकेका गप्टिलले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे । गप्टिललाई १४औँ ओभरको पाँचौँ बलमा चितवनका कप्तान कुशल मल्लले बोल्ड गरेका थिए ।

बसिरले ९८–५ को स्थितिबाट पाँचौँ विकेटका निम्ति राजेश पुलामी मगरसँग ८३ रनको साझेदारी गर्दै विराटनगरलाई १५० रन पार गराएका थिए ।

राजेश पुलामी मगरले अविजित ३३ रन थपे । राजेशले २० बलमा एक चौका र तीन छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय