पत्रकार महासंघमा बस्यालले रचे स्याङ्जाको इतिहास

२०८१ पुष १, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

 

स्याङ्जा,१ पौष । नेपाल पत्रकार महासंघको ७० बर्षको इतिहासमा पहिलो पटक नेपाल पत्रकार महासंघ स्याङ्जा जिल्ला शाखाले केन्द्रिय सदस्य पाएको छ । मंसिर २८ गते सम्पन्न भएको महासंघको २७ औं महाधिवेशनले स्याङ्जा जिल्ला शाखाका भूपराज बस्याललाई पहिलो केन्द्रिय सदस्यमा निर्वाचित गरेको हो ।

देशभरका प्रदेश,प्रतिष्ठान र जिल्लामा नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको अन्तिम परिमाण आइतबार राती मात्रै निर्वाचन आयोगले सार्वजनिक गरेको थियो ।

लामो समय पत्रकारितामा रहनुभएका बस्यालले ३ हजार ५ सय ५७ मत सहित विजय हुनुभएको थियो उहाँका निकटतम प्रतिद्वन्दी प्रेस सेन्टरका गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्लेले २ हजार ४ सय ६९ मत ल्याउनु भएको थियो । त्यस्तै नेपाल प्रेस युनियनका पुर्व साधारण सदस्य रबिन थपलियाले ६ सय ९ मत प्राप्त गर्नुभएको थियो ।

१ हजार ८८ मत सहित बिजय हुनुभएका बस्याल नेपाल पत्रकार पत्रकार महासंघ युएई शाखाको पुर्व अध्यक्ष समेत हुनुहुन्छ । वैदेशिक रोजगारीको क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आउनुभएका बस्याल दश बर्ष प्रवासमा बसेर काम गरेको अनुभव छ । नेपाल फर्किए नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको यस अघिको कार्यकालमा सह(सचीवमा निर्वाचित हुनुभएका बस्याल स्याङ्जामा इतिहास रच्दै जिल्लाकै पहिलोपटक केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय