काजिमानकी रीतिका वक्तृत्वकलामा गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ पुष १, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल

स्याङ्जा,१ पौष । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ३ मा रहेको काजिमान हरिटीका माध्यमिक विद्यालयकी विद्यार्थी रीतिका केसी विद्यार्थी वक्तृत्वकलामा गण्डकी प्रदेशमै प्रथम हुनुभएकाे छ ।

सामाजिक विकास युवा तथा खेलकूद मन्त्रालय, शिक्षा विकास निर्देशनालय पोखराद्वारा शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सञ्चालन गरेको विद्यार्थी वक्तृत्वकलामा केसीले प्रथम स्थान हासिल गर्नुभएकाे हाे । यसभन्दा अगाडि सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भएको प्रतियोगिताका चरणमा पुतलीबजार नगरपालिका र स्याङ्जा जिल्लामा उत्कृष्ट छनोट हुनुभएकाे थियाे ।

यस्तै शिक्षक प्रतिभा पहिचान अन्तर्गत शिक्षक वक्तृत्वकलामा त्रिभुवन आदर्श माध्यमिक विद्यालय स्याङ्जाका माध्यमिक तहका नेपाली विषयका शिक्षक अमृत रेग्मी गण्डकी प्रदेशमै प्रथम हुनुभएकाे छ ।

उत्कृष्ट विद्यार्थी र शिक्षकलाई शिक्षा विकास निर्देशनालयका प्रमुख अम्बिकाप्रसाद आचार्यले रु १५ हजार नगद र प्रमाणपत्रसहित सम्मान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय