त्रिभुवन आदर्श मा वि को ६६ औं वार्षिकोत्सव

२०८१ पुष ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा, ४ पुस ।  पुतलीबजार नगरपालिकामा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयले ६६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न गरेको छ। पूर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै उहाले नमुनाको रुपमा काम भएको छ। संस्था राम्रो बनाउने काममा सदा अग्रसर रहनेछु र प्रविधि मैत्री रुपमा शिक्षामा अघि बढ्नु आवश्यक रहेको छ भन्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको जानकारी गराउनुभयो।

त्यसै गरी विशिष्ट अतिथि पुतली बजार नगरप्रमुख तुलसी रेग्मीले शैक्षिक रुपमा योजना अनुसार काम गर्न मिल्ने सक्ने ठाउमा स्थानिय सरकारले गर्नुपर्ने सहयोगको लागि आफू सदा तत्पर रहने जानकारी गराउनुभयो। त्यसै गरी गण्डकी प्रदेशका पूर्ब मन्त्री दीपक चर्ति मगरले पनि प्राविधिक शिक्षा मा जोड दिँदै प्रविधि मैत्री शिक्षालाई केन्द्रित गर्नु पर्छ भन्ने विषयमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व अध्यक्ष समेत रहनुभएका कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले यस अघि क्याम्पस सञ्चालन हुँदै आएको क्याम्पसका दुई भवन विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा विविध विधामा जिम्मेवारी लिएर भूमिका निभाउनु भएका शिक्षकहरु र ३.६५ देखि माथि ४ जिपीए ल्याउने उत्कृष्ट एस ई ई का विद्यार्थी हरुलाई प्रमाण पत्र दिएर सम्मान गरिएको थियो।

विद्यालयको शैक्षिक तथा विद्यार्थीहरूको हौसला बढाउनको लागि र गरिब जेहेन्दार दलित अनाथ बिद्यार्थीको सहजताको लागि विविध विधामा अक्षयकोष सञ्चालन रहेको र विविध क्षेत्रलाई मूल्यांकन गर्दै पुरस्कार स्वरुप उक्त रकम वितरण गरिने विद्यालय का सहायक प्रधानाध्यापक प्रेम पौडेलले जानकारी गराउनुभयो। मुक्तिनाथ विकास बैंक ले पनि पाँच लाखको अक्षय कोष खोलेर गरीब जेहेन्दार अनाथ तथा उत्कृष्ट विद्यार्थी लाई पुरस्कारको व्यवस्था गरेको सहायक प्रधानाध्यापक पौडेलले जानकारी गराउनु भयो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक प्रेम पौडेल र शिक्षक अमृत रेग्मीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा बोल्ने विविध वक्ताहरुले शुभकामना दिनुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र प्रसाद गुरुङ्गको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रममा पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गा बहादुर शाह “बाबा ” पूर्व नगर उपप्रमुख महेश पूरी, शिक्षाप्रेमी व्यक्तित्वहरू, पूर्व शिक्षक, विद्यार्थी, अक्षयकोष दाता, राजनैतिक दलका विविध व्यक्तित्वहरू, अभिभावक लगायत को उल्लेखनीय सहभागिताको रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय