विधालयमा शान्ति सुरक्षाको क्षेत्रमा योगदान पुर्याएका तिमिल्सिनालाई स्याङ्जामा सम्मान

२०८१ पुष ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,६ पुस । प्रहरी सेवामा रहेर स्याङ्जाको शान्ति सुरक्षामा योगदान पुर्याएको भन्दै युवराज तिमिल्सिनालाई स्याङ्जामा सम्मान गरिएको छ । पुलिस अफ द मन्थ बाट दुई पटक सम्मानित बन्नुभएका तिमिल्सिना पछिल्लो समय जनताबाट समेत सम्मानित हुन थाल्नुभएको हो ।

केही दिन पहिले बिधालयमा भएको चोरीको घटनामा चोर पत्ता लगाउन खेलेको भूमिकाको कदर गर्दै काजिमान हटिया माध्यामिक बिधालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । नेपाल सरकारका पुर्व मन्त्री गोपालमान श्रेष्ठ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा तिमिल्सिनालाई सम्मान गरिएको हो ।

फरार प्रतिवादी पक्राउ गर्न सक्रियताका साथ लाग्ने तिमिल्सिनानै नेतृत्व जिल्लामा एकै दिनमा १ सय ११ फरार प्रतिवादी पक्राउ गरेर देशमै फरार प्रतिवादी पक्राउ गर्ने उत्कृष्ट जिल्ला बनेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार