पूजा खड्का
स्याङ्जा, ७ पुस । भिरकोट नगरपालिका वडा नम्बर ३ शहीद शुक्र माध्यामिक विद्यालयमा बराह लोक कल्याकारी संस्थाको सहयोगमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्ब मन्त्री मेखलाल श्रेष्ठको सहयोगमा गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले शैक्षिक क्षेत्र जीवन उपयोगी, उत्पादन र नैतिकता सङ्ग जोडिने हुनुपर्छ भन्ने विषयमा जोड दिनुभयो। उहाले विकास बिस्तारै हुँदै जान्छ तर संस्कृति सम्पदा र नैतिकताको संरक्षण गरिरहनुपर्छ भन्दै निरन्तर लाग्नुपर्नेमा सुझाब गर्नुभयो। उहाले प्रविधिको समयमा आवश्यकता र ठाउँ सुहाउँदो प्रविधि र उत्पादन गर्न सक्ने शिक्षा हुनु जरुरी रहेको जानकारी गराउनुभयो। उत्पादन मुखी तवरमा शिक्षालाई जोड दिन सक्यो भने बसाई यथावत रहन सहज हुन्छ भन्दै आफु बसेको ठाउँमा केही गर्नुपर्छ भन्ने भावना जागृत गराउनुभयो। उहाले आफ्नो स्वर्गीय बुवा आमाको सम्झनामा स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ क का सम्पूर्ण विद्यालयमा शैक्षिक वितरण कार्यक्रम राख्दै आएको बताउनुभयो।
त्यसै गरी कार्यक्रममा विशिष्ट अतिथि भिरकोट नगर प्रवक्ता वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र केसि ले प्रविधिको जमाना भएको हुँदा उत्पादन सङ्ग जोडिँदै प्रविधि मैत्री तवरमा आजको शिक्षा अघि बढ्नुपर्ने बताउनुभयो । त्यसै गरी भिरकोट ८ का वडा अध्यक्ष नन्दलाल खनालले सैद्धान्तिक शिक्षालाई मात्र जोड नदिएर श्रम गर्न सकिने व्यावहारिक र रोजगार मैत्री शिक्षा आजको आबस्यकता रहेको जानकारी गराउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरजंग अधिकारीको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष केशर बहादुर खड्का, विद्यालयका प्रधानाध्यापक चोलाकान्त काफ्ले, श्री जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक बिष्णु बिर विक, अभिभावक संघका अध्यक्ष प्रकाश खत्री, पूर्व वडा अध्यक्ष तथा विद्यालय का वरिष्ठ सल्लाहकार बाबुराम श्रेष्ठ, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मर मल्ल, भिरकोट बालमैत्री संयोजक विष्णु काफ्ले, विजय काफ्ले, विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक, वडा सदस्य गुमान राना , प्रेम बहादुर राना र नगर बोर्ड सदस्य एक माया थापा, बौद्धिक व्यक्तित्वहरु साथमा विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो। शिक्षक कृष्ण प्रसाद अर्यालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा शिक्षा लगायत यातायात र आवश्यकता सम्बन्धी विविध विषयमा वक्ताहरुले आफ्ना भनाइहरु राख्नुभएको थियो। कार्यक्रमको समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरजंग अधिकारी ले कार्यक्रममा शैक्षिक वितरण गरेर सहयोग गर्नुभएको मा उहाँप्रति आभारर्प्रकट गर्दै सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।