नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जा द्वारा अन्तर्क्रिया तथा भेटघाट कार्यक्रम

२०८१ पुष ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, ७ पुस । नेपाली कांग्रेस जिल्ला कार्य समिति को आयोजनामा पार्टी कार्यालयको प्राङ्गणमा पार्टी भित्रका विविध पदाधिकारी तथा शुभचिन्तकको बीचमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम आईतबार सम्पन्न भएको छ।

कार्यक्रम नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उहाले संगठन बलियो बनाउन सबै जनाले आ आफ्नो ठाउँ बाट योगदान गर्नुपर्ने विषयमा जोड दिनुभयो। उहाले पार्टीमा लाग्ने सम्पूर्ण पदाधिकारी तथा शुभचिन्तक इमान्दार रहेर कार्य गर्नुपर्ने धारणा राख्नुभयो। उहाले नेपाली कांग्रेसले गलत गर्नेलाई ढाकछोप गर्न लाग्दैन र स्वतन्त्र तवरमा रहेर विविध सम्बन्धित निकायले गर्ने कार्यलाई स्वतन्त्र रुपमा अघि बढ्न साथ दिने बताउनुभयो। त्यसैगरी सहकारीको विषयलाई जोड्दै पार्टीको दबाबमा नभै न्यायलयले आफ्नो तरिकाले कारबाही गर्न नेपाली कांग्रेसले सहयोग गर्ने विषय लाई जोड दिनुभयो।

त्यसै गरी कार्यक्रम मा महिला संघको पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य डा. डिला संग्रौलाले संगठन बलियो बनाउन सबैले पहल गर्नुपर्छ भन्दै स्थानिय स्तर सम्म पुगेर जन गुनासो सुनेर सम्बोधन गर्ने तरिका बाट अघि बढ्न सबैलाई सुझाब गर्नु भयो। त्यसै गरी पूर्व मन्त्री तथा केन्द्रीय सदस्य गोविन्द बहादुर शाह ले स्थानिय स्तरसम्म अभीयान पुर्याउने गरी कांग्रेस प्रस्तुत हुनुपर्छ भन्दै स्थानिय मा देखिएका समस्या समाधान मा ध्यान दिन आग्रह गर्नुभएको थियो।

नेपाली कांग्रेस जिल्ला कार्यबाहक सभापति केदार काफ्लेको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रम जिल्ला सचिव दामोदर लम्साल ले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला उपसभापति शेर बहादुर थापाले गर्नुभएको थियो। कार्यक्रम मा गण्डकी प्रदेश पूर्व मन्त्री तथा केन्द्रीय सदस्य चम्पादेवी खड्का, गण्डकी प्रदेश का माननीय तथा नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, गण्डकी प्रदेश माननीय सुनिता थापा, महासमिति सदस्य अर्जुन प्रकाश अर्याल, महाधिवेशन प्रतिनिधि वन्दना लम्साल सुनिता ठकुरी, पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारी, अर्जुन चौपारी गाउँपालिका सभापति विष्णु काफ्ले, भिरकोट सभापति याम प्रसाद अधिकारी ,पार्टी का क्षेत्रिय प्रतिनिधि, प्रदेश सदस्यहरू क्रियाशील सदस्य, जनप्रतिनिधि, जिल्ला कार्य समिति का पदाधिकारी तथा सदस्य लगायत विविध क्षेत्रमा रहनुभएका पार्टी का शुभचिन्तक उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय