कास्की जिल्ला अदालतमा रविको बयान सुरु हुँदै

२०८१ पुष ८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,७ पुस  । पक्राउ परेर दुई महिनादेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत विरुद्ध सहकारीको बचत अपचलन गरेको आरोपमा सहकारी ठगीको मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालय कास्कीले अदालतमा पेस गरेको अभियोगपत्र अनुसार, यो मुद्दा लामिछाने विरुद्ध सुरु भएको अभियोजन शृङ्खलाको पहिलो मुद्दामात्रै हो ।

जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । सरकारी वकिलको कार्यालय, कास्कीले संघीय संसद सचिवालयलाई पत्र पठाएर उनको निलम्बनवारे औपचारिक जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय