नरोदय मा.वि. को ६३ औं बार्षिक उत्सब कार्यक्रम

२०८१ पुष ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

युबराज सुबेदी
स्याङ्जा,९ पुस । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.०६ पिडिखोलाको नरोदय माध्यमिक विद्यालयको  ६३ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सोमबार गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै , उहाले नरोदय विद्यालय गल्याङ नगरपालिका कै एक इतिहास बोकेको उदाहरण योग्य बिद्यालय भनेर जोड दिनुभयो। बढ्दो बसाइँसराइ का कारण विद्यार्थी सङ्ख्या कम भएता पनि शैक्षिक क्षेत्रमा अगाडि रहेको बताउनु भयो साथै नरोदय मा बि को लागि आफुले नगरपालिका बाट शिक्षा को लागि नया कार्यक्रम ल्याउने मा पनि प्रतिबद्धता दिनुभयो।

गल्याङ नगरपालिका शिक्षा प्रमुख हिमाल भण्डारीले नरोदय मा बि मा १२ को रिजल्ट मा गल्याङ नगरपालिका भरी सबैभन्दा धेरै विद्यार्थी पास गराउन सफल भएको मा शिक्षक हरुलाइ धन्यवाद दिदै, विद्यालय मा आएर सिकेका कुरा लाइ ब्यवहारिकता मा उतार्न पनि अग्रह गर्नु भयो। नरोदय गुरु को गुरु ले पढाएको बिध्यालय भन्दै प्रथम प्रधानाध्यापक स्वर्गीय कोमलनाथ शर्मा लाई स्मरण गर्नुभएको थियो।

कार्यक्रम मा नरोदय मा बि प्रधानाध्यापक राम चन्द्र पौडेलले विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्नुमा बढ्दो बसाइसराई को कारणले बाताउनु भयो। वडा, नगरपालिकाले शिक्षाको लागि ल्याएको कार्यक्रममा विद्यार्थीलाई अघि बढाउन सकेको खण्डमा सिपमुलक तरिकाले ज्ञान प्राप्त गर्न सक्ने बताउनुभयो। साथै आउदो एस इ इ परिक्षामा गल्याङ नगरपालिका भरिमा सबैभन्दा धेरै विद्यार्थी पास गराउनेमा पनि प्रतिबद्धता दिनुभयो।

कार्यक्रम गल्याङ ०६ का वडा अध्यक्ष दिप गुरुङ छिरिङको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सुयोग चापागाईं र मिना चापागाईंले गर्नुभएको थियो।
कार्यक्रमको स्वागत मन्तब्य नरोदय मा बि का शिक्षक यमलाल पाण्डेले राख्नुभएको थियो।

विद्यालयको अक्षयकोषको लागि रु एक लाख सहयोग गर्नुभएको पुर्व प्रधानाध्यापक साथै पुर्व श्रोत ब्याक्ती पनि रहनु भएका हिमलाल न्यौपानेको स परिवारलाई बिद्यालयले सम्मान गरेको थियो।

कार्यक्रममा गल्याङ ०६ का वडा सदस्य गोपाल थापा,बोमकला चापाइ कुमारी बि क साथै राजतिनिक दलका नेता हरु चेतनाथ चापागाईं (चन्द्र) रामेश्वर पाण्डे लागाएतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय