पूजा खड्का
स्याङ्जा, ९ पुस । भिरकोट नगरपालिकामा विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सुरुवात भएको छ। कार्यक्रम पूर्व उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा मंगलबार उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा बोल्दै उहाले भिरकोट नगरपलिकाले शिक्षामा नमुनाको रुपमा अघि बढ्दै राम्रो उन्नति गरोस भन्दै शुभकामना दिनुभएको थियो। त्यसै गरी उहाँले विद्यालयमा विद्यार्थीलाई नैतिक शिक्षा पढाएर अनुशासित बनाउन आवश्यक रहेको बताउनुभयो। उहाले कार्यक्रममा बोल्दै जीवन उपयोगी शिक्षा आजको आबस्यकता हो भन्दै खेलकुद शिक्षा र स्वास्थ्यको लागि आवश्यक रहेको जिकिर गर्नुभयो।
त्यसै गरी पूर्व प्रदेश मन्त्री सरस्वती तिवारीले समाजमा भए गरेका आवश्यकता, समस्या अप्ठयारा परिस्थितिमा आवश्यक परामर्श गर्दै जानकारी गराएर अघि बढ्न समस्या पहिचान गराउन आवश्यक रहेको जानकारी गराउनुभयो। उहाले खेलले आफू र नगर मात्र नभएर जिल्ला र राष्ट्रलाई चिनाउन सक्षम हुन्छ भन्दै खेलमा अघि बढ्न जोड गर्नुभयो। कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले शिक्षा र स्वास्थ्यको लागि मात्र खेल नभएर खेल जीविकोपार्जन सङ्ग पनि जोडिनुपर्छ भन्दै राष्ट्रका लागि पनि अघि बढ्नुपर्छ भन्ने विषयमा जोड दिनुभयो। त्यसै गरी उहाँले बोल्दै शिक्षा व्यावहारिक हुनुपर्छ, उत्पादन सङ्ग जोडिने हुनुपर्छ, व्यवसायिक हुनुपर्छ भन्दै माटो र हावापानी हेरेर शिक्षा प्रणाली अघि बढ्नु जरुरी छ भन्ने विषय लाई जोड दिनुभयो। त्यसै गरी वैदेशिक रोजगार मा केन्द्रित शिक्षा नभई आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने भावको शिक्षा आवश्यक रहेको बताउनुभयो। उहाले कृषि लगायत उत्पादनका विषय लाई प्राथमिकता दिने किसिमबाट आफ्नै माटोमा उत्पादनमा जोड दिने विषयमा पालिका ले सहजीकरण गर्नुपर्छ भन्दै सुझाब दिनुभएको थियो।
कार्यक्रम भिरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा सुरुवात भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल उपप्रमुख भगवती रेग्मी अर्याल, विभिन्न वडा का वडाध्यक्ष, जनप्रतिनिधि सदस्यहरू, विद्यालय का प्रधानाध्यापक , शिक्षक, शिक्षिका विद्यार्थीहरु , विविध राजनैतिक दलका प्रतिनिधि शुभचिन्तक कर्मचारी लगायतको बाक्लो सहभागिता रहेको थियो।
कार्यक्रममा खेल व्यक्तिगत शिक्षा र स्वास्थ्यको लागि आवश्यक रहेको जनाउँदै खेलले अनुशासन सिकाउन र राम्रो खेलाडी भएमा समाज मा प्रतिष्ठा बढाउन र आर्थिक उपार्जन गराउनमा पनि सहज हुने बताउँदै खेल प्रेमी सम्पूर्ण लाई शुभकामना व्यक्त गर्दै शिक्षा व्यावहारिक र आफ्नै माटोमा उत्पादन हुनु पर्ने खालको हुनुपर्छ भन्दै सुझाब सहित वक्ताहरुले आ आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।