नेपालमा प्रथम सीएसआर मिट हुँदै

२०८१ पुष ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,११ पौष । उद्योगी,व्यावसायी र निजि क्षेत्रलाई सामाजिक उत्तरदायित्व प्रति थप जिम्मेवार बनाउन नेपालमा प्रथम सिएसआर मिट हुन लागेको छ । बिफक्याप नेपालको आयोजनामा पौष १२ गते होटल ह्ययात रेजेन्सीमा उक्त कार्यक्रम हुन लागेको हो ।

व्यवसायबाट आर्जन गरेको नाफाको निश्चित रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने नेपाल सरकारले नियम बनाएपनी यसको अनुगमन भने खासै भएको पाइदैन । यस्तो बिचमा सस्थाले खर्च गर्नुपर्ने रकम र सरकारको दायित्वको बिषयमा नेपालमा प्रथम सीएसआर मिट हुन लागेको बिफक्याप नेपालका कार्यकारी अधिकृत मनोज रेग्मीले जानकारी दिनुभयो ।

नेपालको आर्थिक क्षेत्रमा काम गर्ने उक्त संस्थाले नेपालमै पहिलोपटक सांसदहरु माझ बित्तीय साक्षरता प्रदान गरेको थियो सोही संस्थाले नेपालमा सिएसआर मिट गर्न लागेको हो ।

बिफक्याप नेपालले देश तथा विदेशमा रहेका विभिन्न संघ संस्थाहरूमा उद्यम गर्ने हजारौं युवाहरूमाझ विभिन्न सीपमुलक कार्यक्रमहरू, मानव विकास, क्षमता अभिवृद्धि जस्ता थुप्रै महत्वपूर्ण कार्यक्रमहरू संञ्चालन गर्दै आइरहेको छ । साथसाथै विफक्याप नेपालले विभिन्न किसिमका संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरू एवंम वित्तीय साक्षरताका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ । नेपालमै पहिलोपटक सांसदहरू माझ वित्तीय साक्षरता प्रदान गर्ने संस्थाको रूपमा पनि बिफक्याप नेपाल परिचित छ ।

यस्तै कार्यहरूलाई अनुसरण गर्दै बिफक्याप नेपालले पुस १२ गते शुक्रबारका दिन हयात रेजेन्सी काठमाडौंमा Nepal CSR Meet-2024 कार्यक्रम आयोजना गर्न गइरहेको छ । वर्तमान अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरू निजी तथा सार्वजनिक संस्थानमा जोडतोडले अगाडि बढेको देखिन्छ । विश्वमा यसबारे सर्वव्यापी परिभाषा नभएता पनि पारदर्शिता, नैतिकता, सामाजिकता, कानूनको पालना, वातावरण संरक्षण, उपभोक्ताको हित र कल्याणकारी कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्व भन्ने गरिन्छ । पछिल्ला दिनमा संस्थागत सामाजिक उत्तरदायित्व व्यवसाय प्रवर्द्धनको केन्द्र बन्न पुगेको देखिन्छ । सरकारले समेत संगठनको कुल नाफाको निश्चित प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने नियम बनाएको छ । तर, कुन संस्थाले यस क्षेत्रमा कति रकम खर्च गरेर कुन कुन शीर्षकमा खर्च गरे भन्ने कुराको लेखाजोखा राख्ने वा प्रभावकारी नियमन गर्ने काम भने भएको छैन ।

यस्तै अनेकन समस्याहरू र परिस्थितीहरूलाई सरकारसमक्ष ध्यानकर्षण गर्ने र उद्योगी, व्यावसायी र नीजी क्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने उद्देश्यकासाथ विफक्याप नेपालले Nepal CSR Meet-2024 राष्ट्रिय कार्यक्रमको आयोजना गर्दैछ । यस कार्यक्रमको उद्देश्य नेपालमा सामाजिक उत्तरदायित्वको बढ्दो महत्वलाई उजागर गर्दै समाज र वातावरणमा सकारात्मक परिवर्तन ल्याउनु र व्यवसाय क्षेत्रलाई प्रोत्साहित गर्नु रहेकाे आयोजकले जनाएकाे छ। यो कार्यक्रमले सामाजिक चुनौतीहरू, समानता र नैतिक व्यापार अभ्यास जस्ता वर्तमान समस्याहरू समाधान गर्नका लागि सीएसआरका रणनीतिहरूलाई परिचालन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएकाे छ।

यस कार्यक्रमले शिक्षा, वित्तीय साक्षरता, युवा रोजगार र दिगो पर्यटन जस्ता क्षेत्रमा प्रभावकारी सीएसआर (CSR) पहलहरूलाई प्रोत्साहित गर्ने लक्ष्य आयोजकले राखेको  छ । कार्यक्रममा प्रमुख बक्ताहरू, प्यानल छलफलहरू र अन्तरक्रियात्मक सत्रहरू मार्फत, सरकारी नियामक निकाय, बैंक तथा वित्तीय संस्थाहरू, बहुराष्ट्रिय कम्पनीहरू, साना तथा मझौला व्यवसायहरू र ब्यापारिक व्यक्तीत्वहरूलाई एकै मञ्चमा ल्याएर नयाँ समाधानहरूको खोजी गर्न उक्त कार्यक्रमकाे आयोजना गरिएकाे आयोजकले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय