पूजा खड्का
स्याङ्जा, १२ पुस । भिरकोट लायन्सले विद्यार्थी हरुलाई न्यानो कपडा र स्टेसनरी सामाग्री वितरण गरेको छ। उक्त क्लबले भिरकोट तीन को कालिका आधारभूत विद्यालय भतेर पाटा र भिरकोट ५ को गडी भन्ज्याङ्ग को आधारभूत विद्यालयका २५ जना विद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामग्री वितरण गरेको हो।
भिरकोट लायन्सले सामाजिक सेवा अन्तर्गत विविध कार्यक्रम गर्दै आइरहेको छ भने जनचेतना स्वरुप पनि विविध कार्यक्रम गरी सचेतना फैलाइरहेको छ। समय सन्दर्भ अनुसार सर्ने रोग बाट सतर्कता हुनको लागि जनचेतनाको कार्यक्रम गर्दै आएको छ भने सरसफाईको कमजोरीका कारण विविध रोग लाग्ने भन्दै विविध ठाउँ मा सरसफाई गर्दै समाजमा अलग किसिमको प्रभाव पार्न सफल रहेको छ।
बाढी पहिरोले समस्या बनाउँदा पनि सेवा र उद्धारको लागि विविध तरिकाले सक्दो सहयोग गर्दै आएको थियो भने अस्ती भर्खर भिरकोट १ मा विद्युत सट हुँदा आगलागी भएर धनमाल खाद्य सामग्री लत्ताकपडा जलेर समस्या भएको भनी राहत स्वरुप दुई थान डसना, सिरक, सिरानी तन्ना म्याट गरी जाडो समय मा सहयोग गरेको थियो।
सामाजिक समस्या लाई नजिक बाट नियाल्दै समाजको सुख दुःख मा सारथी बन्दै अघि बढेको लायन्स संस्थाले आज शुक्रबार पनि भिरकोट ३ को कालिका आधारभूत र भिरकोट ५ को गडी भञ्ज्याङ आधारभूत विद्यालयका विद्यार्थी हरुलाई जाडोको समयमा न्यानो रहन सहज हुने भनेर न्यानो कपडा र शैक्षिक सामग्री अन्तर्गत स्टेसनरी सामग्री वितरण गरेको भिरकोट लायन्सका संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी ले जानकारी गराउनुभयो।
कार्यक्रममा भिरकोट तीन का वडा अध्यक्ष केशर बहादुर खड्का, भिरकोट लायन्स क्लबका अध्यक्ष ढाकाराम खनाल , संस्थापक अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण), लायन्स क्लब अफ भिरकोटका मुख्य निर्देशक जगदीश कोइराला, निर्देशक नुवादत्त अर्याल, सदस्य पार्वती बस्नेत, भविन्द्रजङ्ग अधिकारी, विजय काफ्ले , लगायत विद्यालय का शिक्षक शिक्षिका विद्यार्थीहरूको सहभागिता रहेको थियो।