पूजा खड्का
स्याङ्जा, १९ पुस । सचेत अभिभावक लगनशील विद्यार्थी दक्ष शिक्षक गुणस्तरिय प्रविधि मैत्री गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ राममन्दिर मा वि चापाकोटले विद्यालयको ५० औ स्वर्ण महोत्सव मनाइरहेको छ।
चापाकोट नगरपालिका वडा नंवर ४ मा रहेको राम मन्दिर मा वि को ५० औं स्वर्ण महोत्सवको कार्यक्रम पुस १७ बुधबारबाट सुरु भएको उक्त कार्यक्रम २१ गते आईतबार समापन हुनेछ।
कार्यक्रम १७ गते गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा समुदघाटन भएको उक्त स्वर्ण महोत्सव कार्यक्रमको दोस्रो दिन गण्डकी प्रदेशका पूर्ब सांसद भागवत प्रकाश मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरुवात भएको हो।
स्वर्ण महोत्सवको समुदघाटन कार्यक्रममा पनि सहभागी पूर्व प्रदेश मन्त्री मल्लले चापाकोटको विद्यालयमा शिक्षाको मात्र नभई समग्र चापाकोटको आवश्यकता ज्याग्दी करिडोर कृषि क्याम्पस बाटो घाटो विविध विषयमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेलाई जानकारी गराउनुभएको थियो भने महोत्सवको दोस्रो दिन प्रमुख अतिथि मा रहेर नगर स्तरिय भलिबल प्रतियोगिताको उदघाटन गर्नुभएको थियो।
स्वर्ण महोत्सवको दोस्रो दिन कार्यक्रममा बोल्दै पूर्व सांसद मल्लले शिक्षा बिना समाज परिवर्तन गर्न नसकिने बताउँदै विकास र शिक्षा जोडिएको विषय उल्लेख गर्नुभएको थियो भने सहभागी हरुले प्रस्तुत गर्नुभएको शिक्षा सम्बन्धी विषयमा आफू सहमत रहेको जानकारी गराउँदै शिक्षालाई आय आर्जन र उत्पादन सङ्ग जोड्न आवश्यक रहेको विषयमा जोड दिनुभएको थियो। उहाले भाषण गरेर मात्र केही हुँदैन परिवर्तन गर्नको लागि लगाव र निरन्तर प्रयास जरुरी रहने बताउनुभयो। उत्पादन सङ्ग जोडिने अनुसारको शिक्षा हुनुपर्ने विषयलाई केन्द्रित गर्दै प्रदेश मुख्य मन्त्रीले समग्र चापाकोटको बारेमा जानकारी लिनुभएको छ आउँदो आर्थिक वर्षमा यसलाई सम्बोधन हुने गरी अघि बढ्नु हुनेछ भन्ने विषयमा आफू विश्वस्त रहेको जानकारी गराउनुभयो। चापाकोट को शिक्षा स्वास्थ्य यातायात लगायत विविध क्षेत्रमा रहेका समस्यालाई समाधानको तवर मा समग्र विकासको लागि आफू लागि पर्ने पनि बताउनुभयो। उहाले सबै जना मिलेर विकास सम्भव हुने बताउँदै सवल र सक्षम भएर सबैलाई विकासमा जोडिन आग्रह गर्नुभयो। स्वर्ण महोत्सव ले गराएको जमघट मा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै विकासको लागि सहयोग गर्ने सहयोगी मन प्रति आभार प्रकट गर्दै विद्यालय लगायत सम्पूर्ण सहयोगी मन लाई शुभकामना व्यक्त गर्नुभएको थियो।
स्वर्ण महोत्सव कार्यक्रममा संगीत क्षेत्रमा चर्चित कलाकारहरु रामजी खाँण, शिव हमाल, राजु गुरुङ्ग, श्याम राना, सुमन लम्साल, सागर लम्साल, अञ्जना राना लगायत विविध कलाकारहरुको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमले दर्शकहरुलाई मनोरञ्जन गराउने कार्यक्रम पनि भइरहेको छ । भलिबल प्रतियोगिता मा प्रथम हुने छात्र समूहलाई २५ हजार नगद दोस्रो लाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार रहेको छ भने छात्रा तर्फ प्रथम १० हजार दोस्रो हुनेलाई १४ हजार र तेस्रो हुनेलाई ८ हजार पुरस्कार राशि रहेको उक्त कार्यक्रम मा नित्य तथा हाजिरी जबाफ मा क्रमश नित्य र हाजिरी जबाफ मा प्रथम दोस्रो र तेस्रो हुनेलाई ८र८ हजार, ६/६ हजार र ४र४ हजार पुरस्कार राशि रहेको छ भने सट पुट तर्फ प्रथम हुनेलाई ३ हजार र पानी भर्ने लाई ५ हजार पुरस्कार र प्रमाण पत्र रहेको छ।
स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष राज कुमार मल्लको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रम मा स्वागत मन्तब्य विकास पौडेल ले राख्नुभएको थियो भने कार्यक्रम संचालन याम बहादुर थापाले गर्नुभएको थियो। कार्यक्रम मा वक्ताहरुले शिक्षा परिवर्तनको संवाहक रहेको बताउँदै आयआर्जन सङ्ग जोडिने गरी शिक्षामा परिवर्तन गर्न आवश्यक रहेको जनाउँदै शिक्षक विद्यार्थी र अभिभावक त्रीपक्षिय सम्बन्धलाई केन्द्रित गर्दै प्रविधि मैत्री शिक्षामा जोड दिनुपर्ने विषयमा वक्ताहरुले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
समुदघाटन कार्यक्रममा मुख्य मन्त्रीले प्रविधि मैत्री शिक्षा आजको आबस्यकता छदैछ । समग्र विकासका लागि प्रदेश तयार छ तर बस्ती कम हुँदै जाने र उत्पादन भूमि झाडी मा परिणत हुँदा समस्या रहेको बताउँदै बसाई सराई रोकिनुपर्ने विषयमा जोड दिँदै चापाकोटको विकासको लागि प्रदेश लागिपर्ने विषयमा जोड दिनुभएको थियो। उहाले उत्पादन सङ्ग जोडिने उत्पादनमूलक कार्यक्रम लिएर अघि बढ्ने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको छ भन्ने बताउनुभयो।
स्वर्ण महोत्सवको सुरुवातमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा दोस्रो दिन पूर्व गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्ल र तेस्रो दिन चापाकोट मेयर देव बहादुर खाण रहने र आखिरी समापनको दिनमा संघीय सांसद तथा संविधान सभा सदस्य राजु थापा रहने कार्यक्रम रहेको छ।