बैंकको १९ औं वार्षिकोत्समा देशभर कार्यक्रम, मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारमा परियार प्रथम

२०८१ पुष १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौँ,२० पुस । विकास बैंकमा एक नम्बरको बैंक मानिने मुक्तिनाथ विकास बैंकले १९ औं वार्षिकोत्सबको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेको छ । बैंकको केन्द्रीय कार्यालय रहेको लाजिम्पाटमा एक भब्य कार्यक्रमको आयोजना गरेको थियो ।

बैंकले यसै बर्ष देखि प्रदान गर्न लागेको मुक्तिनाथ उत्कृष्ट पत्रकारिता पुरस्कार पनि यहीँ भब्य समारोहमा वितरण गरिएको छ । पत्रकारिताको विकासमा टेवा पुर्याउने उदेश्यले यस बर्ष देखि स्थापना गरिएको मुक्तिनाथ उत्कृष्ट पत्रकारिता पुरस्कारको प्रथम पुरस्कार पत्रकार सागर परियारले प्राप्त गर्नुभएको छ । त्यस्तै कौशिला कुँवरले दोस्रो र माधव अर्यालले तेस्रो पुरस्कर पाउनु भएको छ । प्रथम द्रुतिय र तृतीय लाई नगद ३५,२५ र १५ हजार सहित सम्मान गरिएको थियो । उक्त पुरस्कारको निर्णायक मण्डल वरिष्ठ पत्रकार धर्मेन्द्र झा,वरिष्ठ पत्रकार अनिता बिन्दु र वरिष्ठ पत्रकार भूपराज बस्याल रहनु भएको थियो । बैंकका अध्यक्ष भरतराज ढकालले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

बैंकले वार्षिकोत्सबकै अवसर पारेर वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु बीच “Art for Earth, Combating Climate Change” शिर्षकमा राष्ट्र व्यापी चित्रकला प्रतियोगिता पनि सम्पन्न गरेको थियो ।  देशभर विभिन्न स्थानमा भएको उक्त प्रतियोगितमा कुल ४७६ विद्यार्थीहरु सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार  जुलेन गुरुङ्गलाई रु। ५० हजार नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही रु। १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।

साथै, बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ती, विभिन्न क्याम्पसहरुमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण, वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी कार्य, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरण, गैरनाफा मूलक सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम संचालन, डिजिटल माध्यमद्वारा बैंकिङ्ग साक्षरता, धार्मिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरुसंग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरु हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष  भरत राज ढकालले गर्नुभयो भने सञ्चालक उमेश कुमार आचार्यले स्वागत मन्तब्य, बैंकको हालको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरु बारेमा प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल र धन्यवाद मन्तब्य सञ्चालक  नारायण कुमार श्रेष्ठले राख्नु भएको थियो ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पुरा गरेका ४१ जना कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा बैंकका सञ्चालकहरु, सेयरधनीहरु, सेवाग्राहीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका व्यवस्थापक  तेज बहादुर गिरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय