असीको दशक समुन्नत नेपाल बन्नुपर्छ : महामन्त्री थापा

२०८१ पुष २०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
पोखरा, २० पुस ।  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले असी को दशक समुन्नत नेपाल बन्नुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ । गण्डकी प्रदेश स्तरिय अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै  उहाँले जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ त्यसले पाँच वर्ष सरकार चलाउन पाउनु पर्ने बताउनुभएकाे हाे।

उहाले कार्यक्रममा बोल्दै बहुमत को सरकार नभएको हुँदा संविधान अनुसार बहुमतको सरकार बनाउन अर्को दल सङ्ग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाले गठबंधन गर्नुपर्ने बाध्यता रहेको गठबंधन नराम्रो विषय होईन तर गठबंधन मा संस्कृति र संस्कार हुन्छ त्यही अनुसार चल्न नसक्नु दुर्भाग्य रहेको जानकारी गराउनुभयो संस्कृति नैतिकता मा कमजोरीका कारण हाम्रो सन्दर्भ मा गठबंधन फीट हुन सकेन भन्ने बताउनुभयो।

उहाले कार्यक्रममा बोल्दै हरेक दिन प्रधानमन्त्री बोल्दा सरकार बदलिँदैन भन्नु पर्ने वाध्यता रहेको जिकिर गर्नुभयो। उहाले आज एक विषय मा केन्द्रित गर्यो भोलि के हुने हो भन्ने संका हरेक मन्त्रीलाई रहेको भन्दै भोलि आफ्नो पद रहने होकी नरहने हो चिन्ताको विषय रहेको जानकारी गराउनुभयो। चुनाव जित्नका लागि मात्र गठबंधन गर्ने परिपाटी ले एकातिर समस्या बनाएको छ भने अर्कोतिर बहुमत नहुँदा संवैधानिक हिसाब मा अघि बढ्नुपर्ने हुँदा बहुमत पुर्याउन को लागि गठबंधन गर्नुपर्ने बाध्यता रहेको छ भन्दै समस्या रहेको जानकारी गराउनुभयो।

संविधानमा संघीय मन्त्री २५ जना हुने भनेर नतोकिएको भए गठबन्धनको भाग बण्डा पुर्याउनको लागि अहिले ५० जना मन्त्री बनाउनुपर्ने हुनेथ्यो तर संविधान मा उल्लेख भएको हुँदा सहज परिस्थिति भयो र प्रदेशका पनि संख्या घटाउन संविधान मा बुँदागत रुपमा अघि बढ्नुपर्छ भन्ने विषयलाई जोड दिनुभयो। उहाले चार जना पाँच जन कति बनाउने हो संविधान मा स्पष्ट सङ्ग संख्या उल्लेख गर्नुपर्ने भन्दै आफ्नो धारणा राख्नुभयो।

संविधान नेपाली कांग्रेस को नेतृत्वमा बनेको हो यसको रेखदेख गर्दै अघि बढ्ने जिम्मेवारी पनि हामीले लिनुपर्छ भन्दै यसमा भएका कमी कमजोरी लाइ सुधार सहित जीवन्त बनाउने काम पनि हामीले गर्नुपर्छ भन्ने बताउँदै अर्थपूर्ण तरिकाले जीवन दिने र रङ्ग भर्ने काम पनि कांग्रेस ले गर्नुपर्छ भन्ने विषय मा जोड दिनुभयो। उहाले प्रजातन्त्रलाई अव कसैले खोस्न सक्दैनन् भन्दै पचासको दशक दुर्भाग्यको दशक बन्यो , साठी को दश संक्रमण को दशक बन्यो ,सत्तरीको दशक संविधानको दशक बन्यो अव असी को दशक समुन्नत दशक बन्नुपर्छ बनाउनुपर्छ भन्ने विषय लाई इंगित गर्दै यसको लागि सामूहिक पहल जरुरी छ भन्ने बताउनु भयो।

संविधान बनाउँदा समावेशी भनेर महिला लाई ३३ प्रतिशत अधिकार भनेर जनजाति दलित भनेर जोड दिएको भएर आज हामीले सबै अट्ने जाती भाषा धर्म महिला दलित जनजाति समेटेका छौं। सबै जना अटाएका छौं भन्दै अझ थप परिष्कृत तरिकाले अघि बढ्नुपर्ने आवश्यकता रहेको जानकारी गराउनुभयो।

विकसित देश बनाउने सपना हामी ले देखाएका छौं यसको भरोसा दिलाउन सामूहिक दृष्टिकोण आवश्यक रहन्छ भन्दै समस्या जहां पनि छ त्यसलाई समाधानको लागि सामुहिक पहल आवश्यक रहन्छ भन्दै सामूहिक पहल नै राष्ट्रियता हो भन्ने धारणा व्यक्त गर्नुभयो। जनतालाई जोड्न सक्नुपर्छ अधिकार विहिन भएर प्रगति गर्न सकिँदैन भन्दै जोडेर लग्न सक्नुपर्छ अनुभव का आधारमा अघि बढ्नुपर्छ कांग्रेस छ मिलाएर लैजान्छ भन्दै संगठन मा विश्वास गर्नुपर्छ भन्दै राणा पञ्चायत को विकल्प मा सामूहिक भावना ले जागृत गरेको प्रजातन्त्र लाई कसैले खोस्न सक्दैनन् भन्दै कांग्रेस छ मिलाएर अघि बढ्ने प्रेरणा मनोबल र भरोसा मा अघि बढ्नुपर्छ हामी सम्हाल्न सक्छौं सम्हाल्न तयार रहनुपर्छ भन्ने बताउनुभयो।

नीति विधि विधान बनाएर अनुभव लिएर त्यसैका आधारमा अघि बढ्यो भने समुन्नत नेपाल बनाउन सकिन्छ त्यसका लागि आ आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ सबैजना लाग्नुपर्छ भन्ने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय