बुटवल, २४ पुस। शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यातायात अवरुद्ध बनेको छ।
नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्ड उकालो र ओरालो रहेकाले शीतलहरका बेला सडक चिप्लो भएर यातायात अवरुद्ध हुने गरेको छ । सोही क्रममा बुधबार बिहानसम्म यातायात अवरुद्ध भएको हो ।
बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा हुस्सु तथा शीतलहरको कारण बाटो चिप्लो भएर दुईतर्फी आवागमन नै अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिनुभयाे ।