गल्याङ्ग उत्तरबाहिनी क्षेत्रमा विभिन्न प्रजातिका वृक्षारोपण कार्यक्रम

२०८१ पुष २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
स्याङ्जा, २५ पुस । गल्याङ्ग नगरपालिका उत्तर बाहिनी क्षेत्र महालिङ्गधाम वडा नम्बर १ मालुङ्गा र रम्भा १ हुङ्गी पाल्ला मा प्रकृति संरक्षण वातावरणीय सन्तुलन कायम राख्न तथा हरियाली बनाइराख्ने उद्देश्य सहित विभिन्न प्रजातिका वृक्षारोपण तथा सरसफाई कार्यक्रम सोमबार सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न प्रजातिका विरुवाहरु रोपेर सरसफाइ कार्यक्रम गरिएको थियो। विरुवा अन्तर्गत कल्कि १५ वटा, धुपी ३० वटा, गोलमार ,१५ वटा र कपूर १० वटा गरी ७० वटा विरुवा रोपिएको  डिभिजन बन् अधिकृत नबराज बरालले जानकारी गराउनुभयो।

प्रकृतिको संरक्षण गर्न सन्तुलन कायम राख्न र हरियाली दृश्यहरु बढाउनको लागि र बाताबरण स्वच्छ राख्नको लागि भन्दै सरसफाईको साथमा कल्कि, धुपी,गोल्मार र कपूर गरी चार प्रजातिको विरुवा रोपिएको थियो।

कालीगण्डकी सरसफाई तथा वृक्षारोपण कार्यक्रम मा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल ले कालीगण्डकी उत्तरबाहिनी सरसफाई कार्यक्रम खास गरी कालीगण्डकी सरसफाई नभएर हामी भित्रको सरसफाई हो भन्ने बताउनुभयो। उहाले सरसफाई अभियान जनचेतना भन्दा पनि हामी भित्रको सरसफाई गण्डकी को लागि नभै आफ्नो लागि गरिएको हो भन्ने बताउनुभयो। स्वास्थ्य को सरसफाई मात्र नभएर मानसिक सरसफाई लाई पनि जोडेर हेर्नुपर्छ भन्दै सरसफाई स्थानिय बासिन्दा टोल सुधार समिति को सक्रियतामा हुनुपर्छ भन्ने बताउनुभयो। उहाले प्रहरी प्रशासन आएर सरसफाई गर्ने नभई स्थानिय निकाय को संलग्नता मा सरसफाई गर्नु आवश्यक जनाउनु भयो।

त्यसै गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा ले नदी गण्डकी मा फोहर गर्नु राम्रो होइन आज हामी जलाशयको संरक्षण र सरसफाई अन्तर्गत छौ जलाशय हरु प्रदुषण मुक्त बनाउनुपर्छ पवित्र बनाउनुपर्छ भन्दै सरसफाई आवश्यक रहेको जानकारी गराउनु भयो। उहाले जलाशयमा कुनै पनि किसिमको फोहर गर्न नहुने त्यसमा पनि प्लास्टिक जन्य फोहरबाट जलाधार नदी हरु मुक्त बनाउनुपर्छ जल नै जीवन हो जलाधार क्षेत्र फोहर मुक्त बनाउनुपर्छ भन्ने बताउदै सरसफाई र वृक्षारोपण मा आफूहरु सहभागी बहेको बताउनुभयो।

कार्यक्रम स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा, डिभिजन वन अधिकृत नबराज बराल, सुरक्षा निकाय अन्तर्गत आर्मी मेजर, ससस्त्र डि एस पी अनुसन्धान एस पी, वडा अध्यक्ष गुरुकुल का विद्यार्थी लगायत को उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार