कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानलाई नमुना बनाउनु पर्छ : सांसद भट्टराई

२०८१ पुष २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
स्याङजा,२६ पुस । गण्डकी प्रदेशका सांसद महेश भट्टराईले कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानलाई नमुना संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ।

प्रतिष्ठानको आठौँ साधारण सभामा सम्बोधन गर्दै उहाँले केही वर्षअघिसम्म एक्लै हिँड्न नसकिने ठाउँ आज धार्मिक दृष्टिकोणले विकास भई देश विदेशका मानिसहरूलाई आकर्षित गर्न सफल भएको उल्लेख गर्नुभयो । प्रतिष्ठानको स्थापनापछि यस क्षेत्रले उल्लेखनीय प्रगति गरेको भन्दै उहाँले यसको महत्त्वलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बिहीबार सम्पन्न भएको कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आठौँ साधारण सभामा प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष छायाँदत्त बस्यालले आर्थिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय स्थिति र पारदर्शिताका विषयमा जानकारी दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले प्रतिष्ठानको योगदानको प्रशंसा गर्दै यसको भावी योजना र गतिविधिलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले प्रतिष्ठानको योगदानले धार्मिक, सांस्कृतिक, र शैक्षिक विकासमा महत्वपूर्ण प्रभाव पारेको बताउनुभयो ।

साथै उक्त कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष घनश्याम भट्टराई, वडा नम्बर १ का अध्यक्ष मणिप्रसाद बस्याल, वडा नम्बर २ का अध्यक्ष अशोक थापा, वडा नम्बर ७ का अध्यक्ष झविलाल पाण्डे, रम्भा गाउँपालिका, भिरकोट नगरपालिका र वालिङ नगरपालिकाका जनप्रतिनिधि लगायत शेयर सदस्य र अन्य सामाजिक व्यक्तित्वहरूको पनि सक्रिय उपस्थिति थियो । कार्यक्रममा करिब २०० जना सहभागी भएका थिए ।

उक्त कार्यक्रम कालीगण्डकी गुरुकुलमको सभाहलमा सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव सोमनाथ न्यौपानेले प्रभावकारी ढंगले गर्नुभएको थियो भने गुरुकुलमका सहप्राचार्य नारायण भण्डारी सचिवालय व्यवस्थापनमा रहनुभएको थियो ।

कार्यक्रमको क्रममा प्रतिष्ठानले नयाँ योजनाहरू र दीर्घकालीन लक्ष्यहरूबारे छलफल गरिएको थियो । सहभागीहरूले प्रतिष्ठानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय