अर्जुनचौपारी गाउँपालिकामा शैक्षिक अन्तरक्रिया कार्यक्रम

२०८१ पुष २७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल
स्याङ्जा,२७ पुस । अर्जुनचौपारी गाउँपालिकामा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ५ द्वारा उक्त अनुभव आदानप्रदान गरी शैक्षिक गुणस्तर सुधार्ने प्रयास स्वरुप उक्त शैक्षिक अन्तरक्रिया शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काजीमान हरिटीका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठले शिक्षालाई सिर्जनशीलता र आविष्कारसँग जोड्न नसक्दासम्म अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो,”शिक्षालाई इनोभेसनसँग लिङ्क गराउनुपर्छ । विद्यार्थीहरुलाई थोरै मात्र बाटो देखाए उनीहरु आफैले धेरै गर्न सक्छन् ।”

काजिमान हरिटीका माध्यमिक विद्यालयलाई छोटो समयमा सुधार गरी नयाँ वातावरण सिर्जना गर्न सफल श्रेष्ठले काजिमान हरिटीका माध्यमिक विद्यालयमा विद्यार्थी आफैले हरेक कार्यक्रम चलाउन सक्षम भएको अनुभव बताउँदै शिक्षक कक्षाकोठा विधिबाट विद्यार्थीमा सिर्जनशीलता बढिरहेको तथा शिक्षकको सबै समय विद्यार्थीकै लागि उपयोग भइरहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा गाउँपालिका शिक्षा समितिका सदस्य लक्ष्मीप्रसाद सापकोटा, शिक्षा समितिका सदस्य विष्णु चापागाईँ, सार्वजनिक माविका प्रअ ईश्वरी चापागाईँ, घन्टे माविका व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पौडेल, अर्जुनचौपारी गाउँपालिका शैक्षिक सुधार कार्यदलका सदस्य रामजी सापकोटा र लक्ष्मीकुमारी शर्मा लगायतले बोल्नुभएको थियो ।

वडा नम्बर ५ का वडा अध्यक्ष बद्रीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा वार्डका सम्पूर्ण शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय