जिमुहा सित भण्डार सहकारीको छैठौँ वार्षिक उत्सव

२०८१ पुष २८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

निकेश थापा
स्याङजा, २८ पुस । स्याङ्जाकाे गल्याङ नगरपालिका वडा नम्बर ११ स्थित जिमुहा सित भण्डार सहकारी संस्था लिमिटेडको छैठौं साधारण सभा सम्पन्न भएको छ। संस्थाको आफ्नै प्राङ्गणमा शनिबार कार्यक्रम सम्पन्न भएको हुनाले थुप्रै सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराईले कार्यक्रमको उत्घाटन गर्नुभयो । त्यसैगरी कार्यक्रममा वडा अध्यक्ष दलबहादुर सिङ्जाली, युवराज केसी, कृष्णप्रसाद भट्टराई, डिल्लीराम ढकाल, नागदेव खनाल, शशी कुमार बिक, जगन्नाथ तिवारी उक्त कार्यक्रमको विशिष्ट अतिथिको रुपमा हुनुहुन्थ्यो। भने अतिथिमा सोही वडाका वडा सदस्य मोहन डुम्रे, घना भट्टराई, विष्णु बिक, प्रकाश भट्टराई, वडा नम्बर ३ को वडा सदस्य कल्पना काफ्ले, लगायत सम्पूर्ण उपस्थिति महानुभावहरु हुनुहुन्थ्यो ।

 विष्णुप्रसाद गैरेले भन्नुभयो “लाखौं पैसा खर्च गरेर विदेशिने यो प्रवृत्ति हटाउ यदि हामीले मेहनतसँग कृषि गर्यौ भने यही लाखौं पैसा आर्जन गर्न सकिन्छ्रू त्यसैगरी झमनाथ डुम्रे, लालप्रसाद पंगेनी, युवराज केसी, जगन्नाथ तिवारी, कृष्णप्रसाद भट्टराई, दलबहादुर सिङ्जाली, नगरप्रमुख गुरुप्रसाद भट्टराई, टंकप्रसाद भट्टराईले किसानको महत्व दर्शाउँदै र किसानी जीवनमा यस सहकारी संस्थाले खेलेको महत्वपूर्ण भूमिकाहरू बताउँदै आफ्नो मन्तव्य राख्नुभयो।्यस कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष रुमालाल कँडेलले वार्षिक प्रतिवेदन र सहकार्यका सचिव चक्रपाणी कडेलले आर्थिक प्रतिवेदन जनता सामु पेश गर्नुभयो उक्त कार्यक्रमको सञ्चालन चक्रपाणी कडेलले गर्नुभयो भने रुमलाल कडेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न हुन सफल भयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार