७३ बर्षका लाल बहादुर सिङ्जालि फर्सि विक्री हुदा दंग

२०८१ पुष २८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गोपाल अधिकारी
स्याङजा, २८ पुस । बर्षले ७३ पुगेका लाल बहादुर सिङ्जालि घरैवाट फर्सी विक्री भएपछि दंग छन । स्याङजाको गल्याङ नगरपालिका ५ खोलाखर्क घर भएका लाल बहादुरले यो बर्ष ३५०० केजि फर्सी विक्री गरेका छन ।

जिल्लामै पहिलो पटक तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारीेले गाउमा फलेका तर विक्री नभएका कृषि उत्पादन गरिद गर्ने अभियान चलायको हो सोहि क्रममा सहकारीले पहिलो चरणमा फर्सी गरिद गरेको हो । गल्याङ नगरपालिका भपत्रका ११ वडाका कृषकको घरमा पुगेर फर्सी संकलन गरिएको हो । सोहि क्रममा सिन्जालिले मात्र ३५०० केजि फर्सी बेच्न सफल भए । अहिले उनी फालियर बजार नपायको फर्सी बिकृ हुदा दंग छन । पाखो वारीमा प्रसस्तै फर्सी उत्पादन हुुदै आएको तर भएको फसीले बजार नपाउदा त्यसै खेरा गईरहेको र वादर दुम्सी जस्ता जंगली जनावरले खादा खेति नै गर्न छोडेका किसान उत्थानका लागी कृषककै द्दरमा पुगेर फसी उत्पादन गर्ने अभियान थलेको सस्थाका अध्यक्ष दिपक अधिकारीले जानकारी दिनुभयो ।

चार हजार ४३ सेयर सदस्य रहेको सहकारीले कृषक उत्थादनका लागी हरेक बर्ष नया र रचनात्मक कार्यक्रम गर्दै आएको छ । सोहि क्रमममा यस बर्ष कृषकका खेरा गईरहेका फसी खरीद गर्दा कृषकलाई आम्दानीको स्रोत हुने स्थानीयले बिस्वास लिएका छन । कोभिड महामारीले थला परेको ब्यापार पछिल्लो समय चलाएमान बनाउन समेत यस अभियानले सहयोग गर्ने देखिन्न्छ । हालसम्म सस्थाले ७ सय केजी फर्सी संकलन गरेको सहकारीको दावी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय