पोखरा, २९ पुस । गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा बाट खाण अध्यक्षमा निर्वाचन हुनुभएकाे हाे ।
बैंकका पुर्व अध्यक्ष समेत रहनु भएका खाण यस वालिङ नगरपालिकाको नगर प्रमुख समेत बन्नु भएको थियो । वालिङ नगरपालिकामा उत्कृष्ट नगर प्रमुखको अवार्ड समेत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै बैंकको संचालकमा श्याम प्रसाद बस्याल,दिपेन्द्र श्रेष्ठ,विमल पाण्डे,शोभाकान्त ढकाल र आयुष्मा कोइराला रहनु भएको छ ।
हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । साधारणसभाले पारित गरेको लाभांस २०८१ पौष १७ गते कायम रहेका विकास बैंकका शेयरधनीहरुले नगद लाभांस प्राप्त गर्नेछन् ।
विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएम रहेका छन् ।