शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठूलो परिवर्तन भएको छ : प्रधानमन्त्री ओली

२०८१ माघ ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

पूजा खड्का
पोखरा, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्य को क्षेत्रमा ठूलो परिवर्तन भएको बताउनुभयो। उहाले पोखरा शिक्षा र स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा बिहीबार बोल्दै विगतको तुलनामा स्वास्थ्य र शिक्षामा धेरै परिवर्तन भएको उल्लेख गर्नुभएको हो।

उहाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ उन्नत तवरमा अघि बढाउन आवश्यक रहेको र सरकार त्यसको लागि प्रयासरत रहेको जानकारी गराउनुभयो। विगतको तुलनामा व्यवस्था परिवर्तन हुँदै गर्दा अवस्थामा पनि परिवर्तन आएको जिकिर गर्नुभयो। व्यवस्था परिवर्तन हुँदा अवस्था परिवर्तन नहुने हुँदैन भन्दै उहाले व्यङ्ग्य समेत गर्नुभयो।

उहाले सुरुवातको समयमा पढ्नको लागि विद्यालय थिएन । पढ्नको लागि नै टाढा टाढा जानु पर्ने अवस्था थियो। अहिले ठाउँ ठाउमा विद्यालय कलेज विश्वविद्यालय रहेको उल्लेख गर्दै विगतको तुलनामा धेरै सहज भएको जानकारी गराउनुभयो। त्यसै गरी स्वास्थ्य को क्षेत्रमा पनि देशले परिवर्तन गरिरहेको छ भन्दै आफू पहिलो पटक बिरामी हुँदा मिर्गौला प्रत्यारोपणका लागि भारत जानु परेको उल्लेख गर्दै दोस्रो पटक नेपाल मै प्रत्यारोपण गरेर आफू बाँचिरहेको जानकारी गराउनुभयो। यदि प्रत्यारोपण नभएको भए आज आफ्नो थुप्रै बार्षिक पुण्यतिथि मनाउने समय आउने उल्लेख गर्नुभयो। उहाले पोखरामा १४ जनाको किड्नी ट्रान्सफर भइसकेको जानकारी गराउँदै मुलुकमा धेरै परिवर्तन आएको उल्लेख गर्नुभयो। उहाले हामी यत्ति मात्र परिवर्तन मा सन्तुष्टी हुन नसक्ने व्यक्त गर्दै अझ परिवर्तन र परिष्कृत भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो।

उहाले सुरुवातमा चार जना महिला मात्र सहभागी परीक्षामा अहिले महिलाको प्रतिनिधित्व बढिरहेको छ कानुनी विषय लगायत विविध विषयमा महिलाको उल्लेखनीय सहभागिता रहेको र परिवर्तन भई रहेको जिकिर गर्नुभयो।

कार्यक्रममा ४३ जना डाक्टर अफ मेडिसिनमा उत्तीर्ण भएको भए पनि ३८ जनाले दीक्षान्तमा फर्म भरेर ३८ जनालाई दीक्षित गरिएको उक्त कार्यक्रममा विकास गर्न हामी आफै कोसिस गर्नुपर्छ पढेर कहिल्यै पनि सकिँदैन भन्दै पढाइ लाई निरन्तरता दिनुपर्छ छोड्यो भने त्यसको अर्थ रहँदैन भन्दै पढाइलाई निरन्तरता दिनको लागि आवश्यक रहेको बताउनुभयो। उहाले पढेको व्यक्ति विनयशिलता शालीनता र इमान्दारिता साथमा बोकेको हुनुपर्छ भन्दै समाज मा अलग रहेर चिनिन सुझाब गर्नुभयो। सय वर्षको अन्तरमा स्वीडेन ले धेरै परिवर्तन गरेको स्वीडेन को उदाहरण दिदै निरन्तर प्रयास र प्रगतिको सोच हामी मा आउनुपर्छ भन्ने विषय लाई जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय