युबराज सुबेदी
स्याङ्जा,६ माघ । स्याङ्जाको वालिङ नगरपालिका वडा न. १४ स्थित कालीगण्डकी मा.वि. को ३७ औ बार्षिकोत्सब कार्यक्रम सनिवार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता बिधालय ब्यबस्थापन समितिका अध्यक्ष कमल कुवरले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथी बिधालयका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद डुम्रे ,बिशिस्ट अतिथी वालिङ नगरपालिका वडा न. १४ का वडा अध्यक्ष बोधराज कुवर (राजु),कार्यपालिका सदस्य भगवती पाण्डे डुम्रे,भक्त बहादुर गोतामे,वार्ड सद्स्य लक्ष्मण खाड लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै,वडा अध्यक्ष बोधराज कुवर (राजु)ले बिधालयको शैक्षिक अबस्था सुधारको लागि आफुले आफ्नो ठाउबाट सक्ने सहयोग गर्ने कुरा बताउनु भएको थियो।अध्यक्ष कुवरले पछिल्लो समय बिधार्थिहरुमा नैतिक शिक्षाको कमि भएको हुदा ,घर र बिधालयबाट नै बिद्यार्थीलाई हामीले हाम्रा संस्कार ,कला,रहन सहन,सिकाउन तिर पनि ध्यान दिन पर्ने कुरा राख्नुभएको थियो। बिधालय बिकासकालागी अभिभाबक ,शिक्षक,बिधार्थी ,जनप्रतिनिधि ,स्थानिय सबैको उत्तिकै भुमिका रहेको कुरा अध्यक्ष कुवरले बताउनु भएको थियो।
प्रमुख अतिथी लक्ष्मी प्रसाद डुम्रेले पनि बिधालयको बिकाशलाई आफुले सक्दो सहयोग गर्ने कुरा बताउनु भएको थियो। प्रमुख अतिथि डुम्रे अहिलेको जमाना भनेको आईटी को भएको र बिधार्थिलाई क्भ्भ् पछि प्रबिधी संग जोडिन प्राबिधिक बिषय पढ्न पनि सुझाब दिनुभएको थियो।उनले बिधालयलाई आबासिय सहितको बनाउनको लागि जोड दिनुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य कार्यपालिका सदस्य भगवती पाण्डे डुम्रे,भक्त बहादुर गोतामे,वडा सदस्य लक्ष्मण खाड लगायतले बिधालयको शैक्षिक प्रगतिको कामना गर्नु भएको थियो।
कार्यक्रममा बिधार्थिहरुलाई पुरस्कार बितरण को साथै विभिन्न अक्षय कोष मार्फत बिद्यार्थीलाई सम्मान गरिएको थियो।यस्तै एस। ई।ई।मा उत्कृष्ट ३ जनालाई परमानन्द डुम्रे स्मृति अक्षय कोष २०७६ बाट नगद र प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको थियो।
सीताराम डुम्रे स्मृति कोष बाट १(३ कक्षाका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।
प.तुलसीराम खनाल काँइला कोष बाट कक्षा ८मा उत्कृष्ट १जनालाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।टिकाराम स्मृति अक्षय कोषबाट पनि बिधार्थिलाई सम्मान गरिएको थियो।कार्यक्रममा बिधालयलाई नि स्वार्थ सहयोह गर्नुहुने चन्दादाता,पुर्ब अध्यक्ष ,पुर्ब शिक्षक,लगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो स्वरुप गीताको पुस्तक प्रदान गरिएको थियो।
कार्यक्रममा बिधालयको बार्षिक प्रतिबेदन बिधालयका प्र अ तारा प्रसाद लुइँटेलले राख्नुभएको थियो।कार्यक्रममा स्वागत मन्तब्य शिक्षक केशब गैह्रेले राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन बिधालयका सहायक प्र अ दिपक डुम्रेले गर्नुभएको थियो।