काठमाडौँ,६ माघ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । पुस २१ देखि २३ मा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठक बोलाउन लागिएको नेताहरूले बताउनुभएका छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको बताउनुभयाे ।
‘बैठकको मिति र समय निश्चित भैसकेको छैन तर चाँडै सचिवालय बैठक बस्ने कुरा छ’, अधिकारीको भनाइ छ । केन्द्रीय कमिटी बैठकले माघदेखि चैतसम्म वडा र टोलसम्म सङ्गठन विस्तार गर्न तीन महिने जरा केन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।