चैतभित्र क्रियाशील सदस्यता विवाद टुंग्याउने कांग्रेसको लक्ष्य

२०८१ माघ ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,६ माघ। सत्तारुढ दल नेपाली कांग्रेसभित्रको  क्रियाशील सदस्यता विवाद नौलो होइन । लामो समयदेखि समाधान हुन नसकेको विवादलाई सो पार्टीले चैतसम्ममा टुंगो लगाउने लक्ष्य लिएको छ । कांग्रेसको विधान अनुसार साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था छ ।

तर पनि २०६७ सालदेखि नै क्रियाशील सदस्यताको विवाद मिल्न सकेको छैन ।

कांग्रेसले एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाका हकमा जिल्ला सभापतिलाई माघ १२ गते अपराह्न ५ बजेसम्म अनिवार्य रूपमा फारम पठाइसक्न निर्देशन दिएको छ । यस्तै‚ एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा जिल्ला सभापतिलाई माघ १३ गते अपराह्न ५ बजेसम्म प्रदेश सभा क्षेत्रीय सभापतिलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता फारम र नामावली बुझाइसक्न परिपत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय