एमालेले बहिष्कार गर्‍यो पोखराको नगरसभा

२०८१ माघ ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा ,७ माघ।  नेकपा एमालेले पोखरा महानगरको नगरसभा बहिष्कार गरेको छ । सो पार्टीले विशेष नगरसभाको निर्णय कार्यान्वयन नभएको भन्दै सोमबर बसेको १६ औँ सभा बहिष्कार गरेको हो ।

बैठक सुरु भएपछि एमाले तर्फका जनप्रतिनिधिहरु उठेर विरोध जनाएका थिए ।  त्यसपछि उनीहरु बहिष्कार गर्ने भन्दै बैठक हलबाट बाहिरिएका हुन् ।

बैठक सवा ४ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय