पेलाकोट साना किसानकाे दशौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

२०८१ माघ ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

यमकला अधिकारी

स्याङ्जा,८ माघ ।  पेलाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे  दशौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन कार्यक्रम सम्पन्न भएको छ  । गल्याङ नगरपालिका ७ पुल्चोक लाइनमा  शनिबार  कार्यक्रम  सम्पन्न भएको हाे।

कार्यक्रममा  संविधान सभा सदस्य मुक्ति प्रसाद पाठकको प्रमुख अतिथ्यि, कृषि अभियन गल्याङ नगरका संस्थापक मेयर भूपराज अधिकारीको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य  संस्थाका उपाध्यक्ष कुमार रानाले राख्नुभएको थियो। कार्यक्रममा बोल्दै संविधान सदस्य मुक्ति प्रसाद पाठकले  साना किसान सहकारी भन्ने बित्तिकै सानासाना किसानहरूमा एउटा सहकार्य  भएकाे उहाँले बताउनुभयाे ।

उहाँले भन्रुभयाे ,”हाम्रो आफ्नो संस्था हो हामी आफैले लिएको ऋण हामीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्छ, एक उचित व्यवसायमा खर्च गर्नुपर्छ, बाहिरी देशबाट आयआर्जन गर्नुपर्छ भन्ने किसिमले हजुरहरुले लाग्नुभयो भने यो संस्थाको उन्नति प्रगति हुन्छ र यो संस्था सम्पन्न हुनु भनेको तपाई हामि सम्पन्न हुनु हो।”

कार्यक्रममा  प्रतिवेदन अध्यक्ष  सावित्रा भुसालले पढ्नुभएको थियो भने लेखा प्रतिवेदनको तयारी ढाँचा खयश्वर अधिकारी (गोपाल)ले गराउनुभएको थियो। उक्त प्रतिवेदन करिब ८ करोड बराबरको रहेको यसै संस्थाका लेखा समिति संयोजक  खगेश्वर अधिकारीले जानकारी दिनुभयो।

शनिबार भएको यस कार्यक्रममा नवनिर्मित सञ्चालक समिति पनि चयन गरिएको थियो।

अध्यक्ष  : कुमार राना
उपाध्यक्ष : हेम कुमारी सिङ्जाली
सचिव : टिका सिङ्जाली
सहसचिव : एकनाथ भुसाल
कोषाध्यक्ष : टोपला भण्डारी
सहकोषाध्यक्ष : लाल कुमारी दुबे
सदस्य : खुमा बुढाथोकी,  टेक बहादुर थापा, सन्ध्या सिङ्जाली,  टेकलाल भण्डारी,तेज कुमारी गुरुङ,  गमी सरा थापा,  शान्ता भण्डारी, सिमा थापा
आमन्तृत सदस्य : धन माया बिश्वकर्मा,  साबित्रा भुसाल
लेखा समिति संयोजक : खयस्वर(गोपाल) अधिकारी,सदस्य : भगवती सापकोटा, बिष्णु भण्डारी चयन हुनुभएको थियो।

उद्यमशील कृषि सहकारी संस्था पेलाकोटका अध्यक्ष इन्द्रबहादुर थापा, पेलाकोट साना किसान कृषि सहकारी संस्थाका सल्लाहकार  छविलाल भुसाल, पेलाकोट साना किसान सहकारी संस्थाका सहसंयोजक धनमाया विश्वकर्मा, गल्याङ नगरपालिकाका संस्थापक मेयर भूपराज अधिकारी, गल्याङ नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष झविलाल पाण्डे, पेलाकोट साना किसान सहकारी संस्थाका सल्लाहकार संयोजक दानबहादुर थापा, लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम सञ्चालन सचिव हेम कुमारी सिङजालीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार