काठमाडौं,११ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । संसद भवन बानेश्वरको ल्होत्से हलमा माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको हो ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामको समीक्षा, संसदमा पार्टीका सांसदहरुको प्रभावकारी उपस्थिति, समितिमा रहेका विधेयकलगायतको विषयमा छलफल हुने जनाएको छ ।
संसदको हिउँदे माघ १८ गतेबाट सुरु हुँदैछ ।