गल्याङमा सुन्तलाको पोस्ट हार्भेस्ट व्यवस्थापन तालिम सम्पन्न

२०८१ माघ ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,११ माघ । गल्याङ नगरपालिका वडा नं ३ मा सुन्तलाको पोस्ट हार्भेस्ट व्यवस्थापनसम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न यो तालिम IDE  प्रोजेक्टको आर्थिक तथा प्राविधिक सहयोग, गल्याङ नगरपालिकाको सहजीकरण र आक्स नेपालको साझेदारीमा सम्पन्न गरिएको हो ।

किसानहरूलाई सुन्तला तथा अन्य फलफूल टिप्ने उपयुक्त समय र तरिका, भण्डारणका आधुनिक प्रविधि, र बजारसम्म पुर्‍याउँदा हुने क्षति कम गर्ने उपायहरूबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले तालीम संन्चालन गरिएको थियो । साथै फलफूललाई लामो समयसम्म ताजा राख्ने र उचित मूल्यमा बिक्री वितरण गर्ने सीप विकास गर्नु तालिमको अर्को महत्त्वपूर्ण पक्ष रहेको थियो ।

कार्यक्रममा गल्याङ नगरपालिका वडा नं ७ र १० का २९ जना किसानले सहभागिता रहेकाे थियाे । तालिमलाई IDE प्रोजेक्टका कार्यक्रम अधिकृत विशाल थारु, कृषि उपज बजारीकरण सुपरभाइजर छवि भट्टराई र कृषि प्राविधिक अमृता पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

नगरप्रमुख भट्टराईले तालिमको उद्घाटन गर्दै यस्ता कार्यक्रमहरूले किसानहरूको उत्पादनमा गुणस्तर वृद्धि गर्दै आर्थिक उन्नतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । त्यसैगरी सहभागी किसानहरूले तालिम व्यवहारिक र उपयोगी रहेको बताउँदै यस्ता कार्यक्रमहरूको निरन्तरताका लागि आग्रह गरेका थिए । यो तालिमले गल्याङ नगरपालिकाका किसानहरूको दक्षता अभिवृद्धि गर्दै कृषि उत्पादन व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार