रविको आज तेस्रो दिनको बहस

२०८१ माघ १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रुपन्देही ,१३ माघ। बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज रुपन्देही अदालतमा तेस्रो दिनको बहस हुँदै छ ।

५ नं इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधवार रूपन्देही जिल्ला अदालतमा हाजिर भएपछि अदालतले बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्माजमानीमा छाडेको थियो ।

बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका छन् । अब रवि पक्षबाट बहसका लागि नाम टिपाएका ५ जना वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस सकेर मात्रै न्यायाधीशले फैसलाको निर्णय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय