पाथीभरा केबुलकारको निर्माण कार्य रोक्न राजेन्द्र महतोको माग

२०८१ माघ १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, १३ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा अवस्थित मुकुलुंग (पाथीभरा) क्षेत्रमा केबलकार बनाउने योजनालाई खारेज गर्न माग गरेका छन् ।

अध्यक्ष महतोले आइतबार एक विज्ञप्ति जारी गरी उनले त्यस्तो माग गरेका हुन् । मुकुलुंग क्षेत्रमा हुन लागेको केबलकार निर्माण कार्यलाई त्यहाँको स्थानीय समूहले विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । स्थानीयवासी ‘नो केबलकार समूह’ गठन गरेर नै आन्दोलनमा उत्रिएका छन् ।

ती समूहमाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष महतोले त्यसको भर्त्सना गरे । हिजो बेलुकी शान्तिपूर्ण रूपमा आफ्ना आस्था, संस्कृति र पहिचान जोगाउन भेला भएका नागरिकहरूमाथि प्रहरीले गोली प्रहार गरी घाइते बनाएका छन् ।

प्रहरीको गोलीबाट यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती गम्भीर घाइते भएको अध्यक्ष महतोले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अध्यक्ष महतोले भनेका छन्– ‘मुकुलुंग ९पाथीभरा० कुनै साधारण स्थल होइनस यो सम्पूर्ण नेपालीहरूको आस्था, परम्परा र विश्वासको धरोहर हो । यो मात्र एक भूमि होइन, आस्थावानहरुको पुर्खाहरूको आत्मा बस्ने स्थल हो । यसलाई कुनै एक व्यक्तिको नाफा र घाटाको रूपमा प्रयोग गर्नु दिनुहुँदैन यसलाई प्राकृतिक रूपमा जस्तो छ त्यस्तै रहन दिनुपर्छ र रैथाने परम्परा अनुसार नै यसको पुजा, आराधना हुनुपर्दछ ।’

प्राकृतिक स्वरूपमा रहेको यस्तो पवित्र स्थललाई अस्थिरता र विनाशतर्फ धकेल्ने कुनै पनि प्रयासलाई दृढताका साथ अस्वीकार गर्ने उल्लेख गर्दै महतोले आस्था र धरोहर प्राणभन्दा प्रिय हुन्छ भन्ने पुर्खाहरूका वाणीलाई वर्तमान पुस्ताले पनि आत्मसात् गरी सकेको उल्लेख गरेका छन्

कुनै पनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षण बिना हुन नसक्ने बताउँदै उनले आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवादमार्फत समस्या समाधान गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय