काठमाडौं, १३ माघ । नेकपा एमाले संसदीय दलको बैठक आगामी माघ १५ गते बस्ने भएको छ । संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाइएकाले त्यसअघि दलको तर्फबाट सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।
संसद भवनको ल्होत्से हलमा अपराह्न १ बजे बोलाइएको बैठकमा दुवै सदनका सांसदहरु सहभागी हुने उनले जानकारी दिए । संसद बैठकमा दलको तर्फबाट कसरी प्रस्तुत हुने र विधेयकहरूमा कसरी सहभागी हुने भन्नेबारे सांसदहरूलाई जानकारी गराइने उनको भनाइ छ ।