पूजा खड्का
स्याङ्जा, १३ माघ । भिरकोट नगरपालिका वडा नम्बर ६ को उजेली डाडा मा अवस्थित भाग्योदय मा वि को ४९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रम जिल्ला समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जि टी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रम भाग्योदय माबि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिरकोट नगरका प्रथम मेयर छायाराम खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थी भाइ बैनी हरुले कार्यक्रम सञ्चालन गरेको उक्त कार्यक्रम मा स्वागत मन्तब्य सहायक प्र अ पुण्य प्रसिद्ध अर्याल ले गर्नुभएको थियो।
कार्यक्रममा भिरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्य, भिरकोट शिक्षा शाखा प्रमुख विष्णु प्रसाद कोइराला, नेपाल सरकारका पूर्व उपसचिव भरत अर्याल, वडा नम्बर ६ का वडा अध्यक्ष रामकाजी केसि (लक्ष्मण), वडा नम्बर ८ का वडा अध्यक्ष नन्दुलाल खनाल, नेपाली कांग्रेसका भिरकोट सभापति याम प्रसाद अधिकारी (लक्ष्मण), तोयानाथ अर्याल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष हर्क गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टीका हर्क रोका, श्री शहीद शुक्र माबि का प्रधानाध्यापक चोलाकान्त काफ्ले, पूर्ब विद्यार्थी संगठनका अध्यक्ष ढाकाराम खनाल लगायत विविध पदमा रहनुभएका बौद्धिक व्यक्तित्वहरू संघ संस्था मा आबद्द व्यक्तित्व हरु , अभिभावक, शिक्षक विद्यार्थी हरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि जोड दिनुभएको थियो। कार्यक्रम मा भिरकोट नगरपालिका ले सम्पन्न गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मा उत्कृष्ट भएका विद्यार्थी हरुलाई प्रोत्साहन स्वरुप पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो भने विद्यालय का उत्कृष्ट शिक्षक हरुलाई सम्मान गरिएको थियो। २०३३ साल मा स्थापित भएको विद्यालयको हाल मा रेशम खनाल प्रधानाध्यापक रहनु भएको छ ।