काठमाडौं, १३ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने बताइएको छ ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ ।
सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।