राज्य व्यवस्था समिति तेस्रो पटक स्थगित

२०८१ माघ १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १५ माघ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ ।

यही माघ ९ गतेका लागि तय भएको बैठक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता उपस्थित हुन नसक्ने कारण देखाएर स्थगित भएको थियो ।

त्यसपछि सोमबार र मंगलबारका लागि तय भएका दुवै बैठक बस्न सकेनन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार गर्ने गरी बोलाएका पछिल्ला तीन वटा बैठक लगातार स्थगित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय