साम्राज्यवादीहरुले नेपालमा पहिचान पक्षधरलाई उचाले : केसी

२०८१ माघ १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताविरुद्ध देखा परेको असन्तोषलाई प्रतिगामी दिशामा मोड्न राजावादी राजनीतिक सङ्गठनहरूले प्रयत्न गरिरहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिको आयोजनमा बुधबार भएको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राजावादी संघ संगठनले सङ्घीयता वा त्यसको प्रादेशिक संरचनाको खारेजीको माग गर्नुमा राजाको प्रतिक्रियावादी र निरङ्कुश शासनको पुनस्र्थापना गर्नु रहेको बताएका छन् ।

‘उनीहरु पुरानो प्रकारको सामन्ती, केन्द्रिकृत र नोकरशाही प्रकारको एकात्मक प्रणालीको पुनस्र्थापना गर्नु नै हो’, केसीले भनेका छन्, ‘तर आजको आवश्यकता पुरानो प्रकारको प्रतिक्रियावादी एकात्मक प्रणाली होइन, प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम गर्नु हो ।’

अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चाले विद्यमान सङ्घीय व्यवस्थालाई खत्तम गरेर त्यही प्रकारको एकात्मक प्रणाली कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय