गिरिबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरादरबार सबैको छानबिन गरौं : वर्षमान

२०८१ माघ १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, १७ माघ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको उद्घाटन गर्दै पुनले पछिल्लो समय सतहमा आएका प्रकरणहरूको छानबिनका लागि समिति गठनको माग गरेका हुन् । आफूमाथि दर्जनौँ अनियमितता र भ्रष्टाचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले  शेरा दरबारको प्रसङ्ग चर्चामा ल्याइएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय