गल्याङ जेसीजको पदस्थापनाका अवसरमा पत्रकार डुम्रेसहित तीन सम्मानित

२०८१ माघ १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१९ माघ । गल्याङ जेसीजले पत्रकार राधाकृष्ण डुम्रे सहित तीन जनालाई सम्मान गरेको छ । स्याङ्जाका क्रियाशिल पत्रकार डुम्रेलाई ‘गल्याङ जेसीज प्रभावशाली युवा पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो । दुई दशक भन्दा धेरै समय देखि पत्रकारितामा सक्रिय रहनु भएका डुम्रे पत्रकार महासंघ स्याङ्जाका निवर्तमान् उपाध्यक्ष तथा प्रेस युनियन गण्डकी प्रदेशका लेखा समिति संयोजक हुनुहुन्छ ।

यस्तै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘गल्याङ जेसीज प्रभावशाली युवा पुरस्कार’ प्रदान गरिएको छ । गाउँपालिकाको समग्र विकास र युवा पुस्ताको लागि प्रेरणदायी काम गरेको भन्दै तिवारीलाई पुरस्कृत गरिएको गल्याङ् जेसीज बर्ष २०२४ अध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा लोकगायक बिक्रम परियारलाई लोकसंगीतका क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले युवाहरुको क्षमता विकासमा जेसीजको महत्वपूर्ण भूमिका भएको बताउनु भयो ।
सो अवसरमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अभिषेक दुलाल,वालिङ जेसीजका पूर्ब अध्यक्ष तथा वालिङ बहुमुखी क्याम्पसका प्रमुख भिम प्रसाद पंगेनी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा बर्ष २०२४ का अध्यक्ष खगेन्द्र भण्डारीले युवाहरुको सक्रियताका कारण नै स्थापनाको छोटो अवधीमा नै गल्याङ जेसीजले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनु भयो । अध्यक्ष भण्डारीले आफूले एक बर्षमा गरेका क्रियाकलापकाका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय